कामना सेवा विकास बैंक बासा शाखाद्वारा निशुल्क स्वास्थ्य शिविर

डोल्मा चौधरी , ६१७  पटक हेरिएको

नवलपरासी , जेठ १३

कामना सेवा विकास बैंक बासा शाखाले निशुल्क स्वास्थ्य शिविर संचालन गरेको छ । सरावल गाउँपालिका वडा नम्बर २ मगरमुडहा दुर्गा पन्चायन मन्दिरमा शिविर संचालन गरिएको हो । 

सामाजिक उत्तरदायित्व अन्तर्गत सेवाको भावनाले उक्त शिविर संचालन गरिएको  आयोजकले जनाएको छ । जसमा १५० जना बिरामीहरुको स्वास्थ्य परिक्षण गरि निशुल्क औषधि प्रदान गरिएको छ । ति बिरामिहरुको स्वास्थ्य परिक्षण क्रिमशन अस्पतालकी छाला तथा योन रोग विशेषज्ञ डा. जोलि श्रेष्ठले गर्नु भयो ।

कामना सेवा विकास बैंकको शेयर सदस्य देवराज क्षेष्ठको  अध्यक्षतामा तथा सरावल गाउँपालिकाका अध्यक्ष सुखाडि प्रसाद चौधरीको प्रमुख आतिथ्यतामा शिविर संचालन गरिएको हो ।

कार्यक्रममा कामना सेवा विकास बैंकका प्रबन्धक शुशिला शर्मा, शेयर सदस्यहरु, कर्मचारी, लगाएतको सहभागिता रहेको उक्त कार्यक्रको संचालन बासा शाखा बैंक क्रमचारी गिता चौधरीले गर्नुभएको थियो ।

प्रकाशित मिति: २०२३-०५-२७ , समय : १९:५८:११ , १२ महिना अगाडि