क्षयरोग मुक्त नेपाल अभियान’ का लागि १ अर्ब १५ करोड

rupandehi khabar , २९०  पटक हेरिएको

काठमाडौं, जेठ १६

सरकारले ‘क्षयरोग मुक्त नेपाल अभियान’ अन्तर्गत रोगीहरूको पहिचान गर्न र निःशुल्क औषधि उपलब्ध गराउनका लागि १ अर्ब १५ करोड विनियोजन गरेको छ । आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताललाई तीन सय शैयामा विस्तार गरि पोखरा, सुर्खेत, डोटी र भरतपुरमा निर्माणाधीन प्रादेशिक सरुवा रोग अस्पताल आगामी वर्ष सम्पन्न गरी सञ्चालनमा ल्याइने जनाएका छन् । सरुवा रोग अस्पताल निर्माण एवं विस्तारका लागि बजेटमा ४६ करोड रुपैयाँ विनियोजन समेत गरिएको छ ।

प्रकाशित मिति: २०२३-०५-३० , समय : ०८:४९:२८ , १२ महिना अगाडि