मर्चवारीको अमवा अस्पतालमा औषधिको अभावले बिरामीहरु समस्यामा

सर्बेन्दर यादव , ४०४  पटक हेरिएको

मर्चवार, जेठ १८

मर्चवारी गाउँपालिका वडा.न. २ अमवा अस्पतालमा १ महिना भन्दा बढी समय देखि सुगरको औषधि उपलब्ध नहुदा त्यहाका बिरामीहरु समस्यामा परेका छ्न । मर्चवारी गाउपालिकाको चरम लापरबाहीले अमवा अस्पातालमा एक महिना भन्दा बढी समय भएपनि सुगरको औषधि उपलब्ध भएको छैन । मर्चवारी गाउँपालिका वडा न. २ बस्ने बिसुन देव बराइले पटक पटक सुगरको औषधि लिन जादा औषधि छैन भनी फर्काइदिरहेको बताउनु भएको छ। समयमा औषधि नपाएर उहाँको स्वास्थ्य दिन प्रति दिन झन बिग्रिदै गइरहेको छ। एक महिनामा ४ पटक औषधि लिन गएको तर जहिले पनि औषधि छैनभनी फर्काएको बिरामी पीडित बिस्नु देव बरइले गुनासो गरेका छ्न ।

प्रकाशित मिति: २०२३-०६-०१ , समय : २३:१२:५२ , १२ महिना अगाडि