रकमकाे दुरुपयोग नगर्न नगरप्रमुख बिमला अर्यालको आग्रह

कल्पना खरेल , १५३  पटक हेरिएको

नवलपरासी, जेठ २०

गर्भवती महिला, सुत्केरी महिला र सुनाैलाे १००० दिनका आमाहरू गरि २५ जना महिलाहरूलाई आयमुलक क्रियाकलापका लागि रू २५- २५ हजार अनुदान हस्तान्तरण गरिएकाे छ ।श्रमज्याेति महिला वचत तथा ऋण सहकारी संस्था लि.पश्चिम नवलपरासीको आयाेजना तथा सुनवल नगरपालिकाकाे सहयाेगमा बहुउद्देश्यीय पाेषण याेजना अन्तर्गत पाेषण सम्बन्धि आयआर्जन गर्ने लक्ष्य सहित उक्त रकम नगरप्रमुख बिमला अर्यालद्वारा शुक्र हस्तान्तरण गरिएको हाे ।
यस कार्यक्रमकाे मुख्य उदेश्य भनेकाे कुपोषणलाई दिगाे विकास लक्ष्य सहित घटाई विपन्न अवस्थाका महिलाहरूकाे सामाजिक तथा आर्थिक सशक्तिकरणका लागि व्यवसायीक आयमूलक कार्यक्रमलाई टेवा पुर्याउनु रहेकाे छ ।
साेहि क्रमममा बाेल्दै नगरप्रमुख अर्यालले एउटा स्वस्थ आमाले मात्र एक निराेगी सन्तान जन्माउन सक्छिन भनि पाेषणयुक्त खानाकाे लागि रकम हस्तान्तरण गरिएकाे हुदा रकमकाे दुरुपयोग नगर्न आग्रह गर्नुभयाे ।
साथै नगरप्रमुख विमला अर्यालले जुन-जुन व्यवसाय संचालन गर्ने भनेर फर्म भरिएकाे छ, साेहि अनुरूप ३० दिन भित्र व्यवसाय गर्नुपर्ने अन्यथा अनुगमनमा त्यस्ताे नपाईए रकम फिर्ता समेत लगिने स्पष्ट पार्नुभयाे ।
त्यसैगरी महिला बालबालिका शाखा प्रमुख केशरी गैरेले कार्यक्रमकाे उदेश्य माथि प्रकाश पार्दै मुख्य लक्ष्य भनेकै बालबालिकालाई कुपोषण हुनबाट जाेगाई सुनवल नगरपालिकालाई पाेषणमैत्री बनाउन सहयाेग गर्नु रहेकाे उल्लेख गर्नुभयाे ।
संस्थाकी उपाध्यक्ष चन्द्रवती गाैतकाे स्वागत र पम्फा देवी क्षेत्रीकाे संचालन रहेकाे कार्यक्रममा कार्यपालिका सदस्य सीता भण्डारी, वडा नम्बर ४ का वडा अध्यक्ष बालकृष्ण पंगेनी लगायतले बाेल्दै विपन्न महिलालाई राेजगार सृजना गरि आत्मनिर्भर बनाउने नगर सरकारकाे उदेश्यमा हातेमालाे गरेर अगाडि बढ्न सबैलाई आग्रह गर्नुभयाे ।
श्रमज्याेति महिला वचत तथा ऋण सहकारी संस्था लि.काे अध्यक्ष राधा तिमल्सिना सापकोटाकाे अध्यक्षतामा सम्पन्न कार्यक्रममा महिलाहरूले तरकारी खेती ,बाख्रा पालन,वंगुर पालन,भैंसी पालन , कुखुरा पालन लगायतकाे व्यवसायकाे फर्म भरेका थिए ।

प्रकाशित मिति: २०२३-०६-०३ , समय : ०७:०१:४२ , १२ महिना अगाडि