अनिल यादव , ३८१ पटक हेरिएको
परासी, जेष्ठ २०
सिटिजन्स बैंक ईन्टरनेशनल महेशपुर शाखाले एक विद्यालयमा शैक्षिक सामाग्री वितरण गरेको छ । पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका वडा नं. १ मा रहेको श्री बालशिक्षा निकेतन माध्यमिक विद्यालयमा बैंकले शैक्षिक सामाग्री वितरण गरेको हो ।
बैंकले संस्था समाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत समाग्री वितरण गरीएको बैंकका शाखा प्रबन्धक उमेश यादवले बताउनु भएको हो । प्रबन्धक यादवका अनुसार अग्रेजिको ए बि सि डि, नेपालीमा क ख ग घ र १ देखि सय सम्म लेखिएको चार्ट वितरण गरेको छ । यस्तै कक्षा एक देखि ९ सम्मका विद्यार्थीहरु मा प्रथम, द्धितिय र तृतिय स्थान हासिल गरेका विद्यार्थीलाई परस्कृत पनि गरेको छ । त्यस्तै विद्यालयमा अन्य समाग्रीहरु जस्तै ६ वटा पंखा र ३ वटा डस्टविन वितरण गरिएको यादवले भन्नु भयो ।
विद्यालयका प्रधानध्यापक सुनिल कुमार तिवारीको अध्यक्ष्तामा भएको कार्यक्रमा वडा नं. १ वडा सदस्य समशुद्दिन मुस्लमान, बैंक सहायक शाखा प्रबन्धक विजय खनाल लगायतको उपस्थिति रहेको थियो ।
प्रकाशित मिति: २०२३-०६-०३ , समय : १७:५१:०९ , १ वर्ष अगाडि