गैंडाको आक्रमणबाट चितवनमा एक जनाको मृत्यु

rupandehi khabar , १७६  पटक हेरिएको

चितवन, जेठ २८

चितवनमा गैंडाको आक्रमणबाट आज एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका २५ घर भई भरतपुर २३ ध्रुवघाट बस्ने वर्ष ६० बर्षिय झन्डिल बोटे रहेका छन । बोटे भरतपुर महानगरपालिका २३ स्थित हरियाली सामुदायिक बनमा निउरो टिप्न गएका बेला उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता विजयराज पण्डितले जानकारी दिनु भएको छ ।

प्रकाशित मिति: २०२३-०६-११ , समय : २२:३८:०६ , ९ महिना अगाडि