एसियन गेम्सका लागि टेबलटेनिसका ४ खेलाडी छनोट

rupandehi khabar , २४५  पटक हेरिएको

काठमाडौं, जेठ ३०

चीनको होङझावमा हुने १९ औं एसियन गेम्सका लागि चार टेबलटेनिस खेलाडी छनोट भएका छन् ।nमहिला र पुरुषमा समान २–२ गरी ४ खेलाडीको अन्तिम छनोट गरिएको अखिल नेपाल टेबलटेनिस संघका प्रथम उपाध्यक्ष धर्ममान वज्राचार्यले जनाएका छन् ।पुरुषमा संयोग कपाली र रुविन महर्जन तथा महिलामा नविता श्रेष्ठ र शिखा सुवाल श्रेष्ठले एसियाड सहभागिता पक्का गरे । लै

नचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको छनोट प्रतिस्पर्धामा पुरुष र महिलामा समान ६–६ खेलाडी सहभागी थिए ।एसियाली खेलकुद असोज ६ गतेदेखि सुरु हुँदैछ ।

प्रकाशित मिति: २०२३-०६-१३ , समय : २१:०१:४७ , १ वर्ष अगाडि