सिनपा वडा नम्बर ५ द्धारा स्वागत तथा सम्मान कार्यक्रम भैरहवामा सम्पन्न

rupandehi khabar , ३४५  पटक हेरिएको

भैरहवा, असार ७

सिद्धार्थनगर नगरपालिका वडा नम्बर ५ ले नेपाल राष्ट्रिय मारवाडी युवा संगठनको चौथो महाधिवेशनबाट केन्द्रिय अध्यक्षमा निर्वाचित मनोज अग्रवाल तथा केन्द्रिय सदस्यमा निर्वाचित बिनित बेरिवाल र अशोक डागालाई सम्मान गरेको छ । सिनपा वडा नम्बर ५ का वडाअध्यक्ष पुरन प्रसाद श्रेष्ठको अध्यक्षता तथा समाजसेवी नारायण प्रसाद अग्रवालको प्रमुख आतिथ्यतामा भैरहवामा मंगलबार एक कार्यक्रमका बिच निर्वाचित अध्यक्ष तथा सदस्यहरुलाई सम्मान गरीएको हो । कार्यक्रममा बोल्दै वडाध्यक्ष पुरन प्रसाद श्रेष्ठले भैरहवाबाट केन्द्रिय अध्यक्षमा निर्वाचित हुनु गर्वको बिषय भएको बताउनु भएको छ । उहाले काम संगै चुनौती र अवसर पनि भएकोले यसलाई आत्मसाथ गरी अगाडी बढन अनुरोध गर्नु भएको छ ।

सिनपा वडा नम्बर ५ को सचिव बन्दना उपाध्यायको स्वागत मन्तब्य रहेको कार्यक्रममा समाजसेवी ऋषिकेश अग्रवालm बृजेश अग्रवाल, मनोज अग्रवाल लगायतले शुभकामना मन्तब्य राख्दै सदैव भैरहवावासी एकजुट भएर अगाडी बढने बिश्वास ब्यक्त गर्नु भएको थियो । गत असार २ गते शनिबार सुनसरीको इटहरीमा सम्पन्न नेपाल राष्ट्रिय मारवाडी युवा संगठनको छैटौं महाधिवेशनबाट भैरहवाका अग्रवाल अध्यक्षमा तथा बेरिवाल र अशोक डागा केन्द्रीय सदस्यमा सर्वसम्मत निर्वाचित भएका थिए ।

अध्यक्षमा निर्वाचित अग्रवाल मारवाडी युवा मंच भैरहवाका निवर्तमान अध्यक्ष समेत हुन् । त्यस्तै केन्द्रीय सदस्यमा निर्वाचित बेरिवाल सिद्धार्थनगर नगरपालिका वडा नम्बर ५ का वडा सदस्य तथा मारवाडी युवा मंच भैरहवाका अध्यक्ष हुन् । त्यस्तै गरी अर्का केन्द्रीय सदस्य डागा मारवाडी युवा मंच भैरहवाका महासचिव हुन् ।कार्यक्रम वडा सदस्य सरस्वती श्रेष्ठले संचालन गर्नु भएको कार्यक्रममा वडा सदस्य प्रेम नारायण गुप्ता , समाजसेवी ऋषिकेश अग्रवाल, वृजेश अग्रवाल, मनोज अग्रवाल, श्रीचन्द गोयन्का, केशव हलुवाइ, दिपेन्द्र मान श्रेष्ठ, हरिश सेठिया, सुनिल सेठियालगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति: २०२३-०६-२२ , समय : ०८:०५:०१ , १ वर्ष अगाडि