इमर्जिङ एसिया कपमा यूएईविरुद्ध नेपालको सान्त्वना जित

रुपन्देही खबर , २३३  पटक हेरिएको

काठमाडौं, साउन ३

एसीसी टिम्स इमर्जिङ एसिया कपमा नेपाल विजयी भएको छ । बुधबार नेपालले आफ्नो अन्तिम खेलमा युएईलाई ३ विकेटले पराजित गर्दै सान्त्वना जित निकालेको हो । जितका लागि पाएको १५८ रनको लक्ष्य नेपालले २३ ओभरमा ७ विकेटको क्षतिमा पूरा गर्यो । जसमा कुशल भुर्तेलले सर्वाधिक ७१ रनको योगदान गरे । यस्तै देब खनालले २४, सन्दीप जोराले २४,गुल्शन झाले ११, रोहित पौडेलले ९ रन बनाए । युएइका मोहम्मद फराजउद्दीनले ५ विकेट हात पारे । त्यसअघि श्रीलंकाको कोलोम्बोस्थित पी सारा ओभलमा टस जितेर पहिला ब्याटिङ गरेको युएई ४४ ओभरमा १५७ रनमा अलआउट भयो ।

युएईका लागि लभप्रित सिंहले सर्वाधिक ५२ रन बनाए । त्यस्तै इथान डिसुजाले १८, अस्वस्थ भालथापाले १६ रनको योगदान गरे । त्यस्तै युएईका आर्यांस शर्माले १४ र जस जियान्नीले १३ रन जोड्नु बाहेक अन्य खेलाडीले दोहोरो अंकको रन बनाउन असफल रहे । नेपालका लागि कुशल भुर्तेलले छ , श्याम ढकालले दुई तथा कुशल मल्ल र पवन सर्राफले एक एक विकेट लिए ।

कुशल भुर्तेलले करियर कै सफल बलिङ गरेका छन् । उनले आफ्नो पुरा स्पेल बलिङ गर्दै ४० रन खर्चेर ६ विकेट लिए । त्यस्तै मौसम ढकालले ९ ओभर बलिङ गर्दा दुई विकेट लिए । कुशल मल्ल र पवन सर्राफको नाममा एक एक विकेट रह्यो । यसअघि प्रतियोगिताअन्तर्गत भारत र पाकिस्तानविरुद्धको खेलमा नेपाल पराजित भएको थियो । नेपाल पहिलो खेलमा पाकिस्तान ए सँग ४ विकेट तथा भारत ए सँग ९ विकेटले पराजित भएको थियो ।

प्रकाशित मिति: २०२३-०७-१९ , समय : २०:३७:५० , १ वर्ष अगाडि