रुपन्देही खबर , ४१९ पटक हेरिएको

लुम्बिनी ,साउन १६
रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकाले गर्भवतीका लागि नि:शुल्क एम्बुलेन्स सेवा हस्तान्तरण गरेकाे छ। लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नम्बर ११ मा गर्भवती महिलाहरलाई समयमा अस्पताल नजाँदा हुन सक्ने जोखिम कम गर्न तथा मातृ मृत्युदर हुन नदिन भन्दै नि:शुल्क एम्बुलेन्स सेवा थालेको हो ।
नगरप्रमुख सजरुद्धिन मुसलमानले लुम्बिनी सांस्कृतिक नगरपालिका भित्रका गर्भवतीलाई जुनसुकै अस्पताल जाँदा पनि एम्बुलेन्स शुल्क नलाग्ने बताउनु भएको छ । त्यसका लागि २४ सै घण्टा गर्भवती महिलाहरुलाई अस्पताल समयमै लैजान सक्ने एम्बुलेन्स सेवा दिने गरी नगरले तयारी गरेको उहाले बताउनु भएको छ।
लुम्बिनीमा प्रसूति अस्पताल छैन । यही कारण यहाँका गर्भवती सुत्केरी हुन भैरहवा र बुटवल जाने गर्दछ्न । एम्बुलेन्सको असुविधाले गर्भवतीहरु समयमा अस्पताल पुग्न नसकेकाले नि:शुल्क एम्बुलेन्स सेवा थालेको उपप्रमुख कल्पना हरिजनले बताउनु भएको छ ।
लुम्बिनी सांस्कृतिक नगरपालिका ५ वटा एम्बुलेन्स छन् । पछिल्लो समय लुम्बिनी प्रदेश सरकारले लुम्बिनी सांस्कृतिक नगरपालिकालाई ३ वटा एम्बुलेन्स प्रदान गरेको छ । मंगलबार ती एम्बुलेन्स लुम्बिनी स्वास्थ्य केन्द्र, खुदावगर स्वास्थ्य चौकी र मसिना स्वास्थ्य चौकी प्रमुख बुद्धिनाथ बरई लुम्बिनी साँस्कृतिक नगरपालिका वडा न ११वडा सदस्यहरुकाे उपस्थितिमा हस्तान्तरण गरिएको छ। ।
प्रकाशित मिति: २०२३-०८-०१ , समय : २०:१९:४४ , २ वर्ष अगाडि