पहिरोमा पुरिएर दुई जनाको मृत्यु

रुपन्देही खबर , २१७  पटक हेरिएको

काठमाडौं, साउन २१

तारकेश्वर नगरपालिका–५ च्वँगाउँ कृष्णमन्दिरस्थित चन्द्र तामाङको टहरा पहिरोमा पुरिँदा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा नुवाकोट सामरीका ४१ वर्षीय गणेश तामाङ र उनकै छोरी १४ वर्षीया आस्मा तामाङ छन् । मृतक गणेशकी श्रीमती ३५ वर्षीया सञ्जु तामाङ घाइते भएकी छन् ।

प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरी, स्थानीयबासिन्दाको सहयोगमा उद्धार गरी उनीहरुलाई शिक्षण अस्पताल महाराजगञ्जमा पुर्‍याएको र उपचारकै क्रममा उनीहरुको मृत्यु भएको काठमाडौं प्रहरीले जनाएको छ । शनिबार राति पहिरोमा पुरिएर घाइते भएकी तामाङको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २०२३-०८-०६ , समय : २०:०१:५३ , १० महिना अगाडि