भैरहवामा कादम्बरी गजल सङ्ग्रह बिमोचन

रुपन्देही खबर , ३५७  पटक हेरिएको

भैरहवा, साउन २७

भैरहवामा एक कार्यक्रमका बिच गजलकार तथा सिर्जनशील साहित्यिक समाज सिसासका उपाध्यक्ष सरु ज्ञवालीको कादम्बरी गजल सङ्ग्रह बिमोचन भएको छ । कार्यक्रममा बोल्दै प्राज्ञ बुंद रानाले सरु ज्ञवालीको गजल सङ्ग्रह कादम्बरीमा देश प्रतिको चिन्ता प्रकट भएको, गजलले देशको बर्तमान अबस्थाका बारेमा बोलेको बताउनु भएको छ । सिद्धार्थ साहित्य परिषदका अध्यक्ष डिल्लीराज भट्टराईले गजल भनेको गेयात्मक बिधा भएको बताउंदै साहित्यप्रती कृतिकारको निष्ठा रहेकाले कृति निस्किएको बताउनु भयो । साहित्यकार वनमाली निराकारले कबितामा बिबाद नभएको तर गजलमा तैंले लेखेको भएन मैले लेखेको भयो भन्ने बिबाद भएको बताउनु भयो ।

सिर्जनशील साहित्यिक समाज सिसास को आयोजनामा भएको कार्यक्रममा साहित्यकार बिजय सागरले इतिहासले पनि बढी प्रभाव पार्ने हुंदा गजलकारले रचना गरेको मिति लेख्नु पर्ने सुझाव दिनु भएको छ । साहित्यकार रुद्र ज्ञवालीले हिजो गजलको समीक्षा गरेकाहरु नै आज गजल होइन भन्नू दुखद भएको बताउनु भयो । गजल सङ्ग्रह कादम्बरीको समीक्षा गर्दै साहित्यकार रमेश समर्थनले कृतिकारले देश प्रेम, प्रणय, प्रकृतीका कुरा आएको हुंदा कृति सफल रहेको बताउनु भयो । सिर्जनशील साहित्यिक समाजका अध्यक्ष कमल पोख्रेलले कृति प्रकाशनले सवैलाई उत्प्रेरणा गर्ने बताउनु भएको छ ।

कार्यक्रममा साहित्यकारहरु डाक्टर लक्ष्मी पोख्रेल, कृष्णाकुमारी शर्मा, सिसासका पुर्ब अध्यक्षहरु नारायण प्रसाद भण्डारी, सुरज घिमिरे, छवि ज्ञवाली, तेज प्रसाद पन्थ, शशि पन्थी, सिसासका सचिब बिष्णु प्रसाद गजुरेलले लगायतले मन्तव्य राख्नु भएको थियो ।

प्रकाशित मिति: २०२३-०८-१२ , समय : १९:५३:३३ , १२ महिना अगाडि