मुगुमा जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु

रुपन्देही खबर , २४५  पटक हेरिएको

मुगु, साउन ३०

मुगुमा जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सर्केगाड गाउँपालिका–२ रिपका राम परियार, सिमकोट गाउँपालिका–२ का प्रकाश बोहरा, ठेगाना स्पष्ट नभएका राम परियार, पिउस परियार रहेका छन । मृत्यु हुनेमा चारै जना हुम्लाका रहेका छन्। सोरुकोटबाट मुगु जाँदै गरेको ग १ ज ७७६२ नम्बरको जिप सिपको पहिरा भन्ने ठाउँमा सोमबार साँझ दुर्घटनामा भएको थियो।

प्रहरीका अनुसार सो जिपमा चालकसहित ९ जना सवार रहेका थिए। जिपमा सवार हुम्लाका पाँच जनामध्ये दुई जनाको घटनास्थलमै मृत्यु भएको हो भने दुई जनाको उपचारका क्रममा तारापानी आधारभूत स्वास्थ्यचौकीमा मृत्यु भएको छ। जिप दुर्घटनाको कारणबारे अहिलेसम्म केही खुलेको छैन।

प्रकाशित मिति: २०२३-०८-१५ , समय : ०८:३५:०० , १ वर्ष अगाडि