कपिलबस्तुमा जनतासंग माओवादी बिशेष रुपान्तरण अभियान बैठक सम्पन्न

रुपन्देही खबर , २०८  पटक हेरिएको

कपिलवस्तु, भदौ ७

कपिलवस्तु जिल्लाको कृष्णनगरमा जनता संग माओवादी विशेष रूपान्तरण अभियान अन्तर्गत आज नेकपा माओबादी केन्द्र कृष्णनगर नगर कमिटीको पूर्ण बैठक बसेको छ ।

नेकपा माओबादी केन्द्र कृष्णनगर नगर कमिटी अध्यक्ष जाबेद आलम खांको अध्यक्षता, तथा पूर्व मंत्री तथा नेकपा माओबादी केन्द्र कपिलवस्तु जिल्ला इन्चार्ज स्थायी कमिटी सदस्य महेश्वर गहतराज अथक को प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि पूर्व मंत्री गहतराजले आदिवासी, जनजाति, महिला, मधेसी, मुस्लिम, पिछडिएका, लोपउन्मुखको हकअधिकार दिलाउनमा माओबादी केन्द्रको महत्वपूर्ण भूमिका रहेको तथा पार्टीका सदस्य तथा समर्थकहरूलाई देश विकास र जनताको हकहितको आवाज उठाई आवश्यकता अनुसार सहयोग गर्न समेत निर्देशन दिनु भएको छ ।

कार्यक्रममा बोल्दै विशिष्ट अतिथि वकिल मुसलमानले कृष्णनगर क्षेत्र कपिलवस्तुको प्रमुख व्यापारिक नाका रहेकाले यसलाई सबै मिलेर विकासको अग्रपक्तीमा लैजानुपर्ने बताउनु भएको छ । कार्यक्रममा स्वागत मन्तव्य राख्दै उपाध्यक्ष मौलाना मशहूदले घरघरमा माओबादी केन्द्र पुगेर जनताको राय सुझाव सल्लाह अनुसार अगाडि बढ्ने तथा पार्टीका अध्यक्ष तथा प्रधानमंन्त्री पुष्प कमल दाहाल प्रचण्ड आएदेखि देश र जनताको अवस्था परिवर्तन हुदै गएको तथा भ्रष्टाचार नियन्त्रण हुदै गएको बताउनु भएको छ ।

कार्यक्रममा पुर्व मंत्री तथा नेकपा माओबादी केन्द्रका केन्द्रीय सदस्य वकिल मुसलमान, नेकपा माओबादी केन्द्र लुम्बिनी प्रदेशका कोषाध्यक्ष निर्दाेष अली, कपिलवस्तु जिल्ला संयोजक विष्णु बेल्वासे अतिथिहरुमा नेकपा माओबादी केन्द्र लुम्बिनी प्रदेश सदस्य तथा लुम्बिनी प्रदेश मदरसा व्यवस्थापन समिति उपाध्यक्ष मौलाना मशहूद खां नेपाली, नेकपा माओबादी केन्द्रका जिल्ला समन्वय समिति सदस्य तोफेल अहमद खां लगायतको सहभागिता रहेको थियो । भने नेकपा माओबादी केन्द्र कृष्णनगर नगर कमिटी सचिव गणेश प्रसाद बन्जाडेले कार्यक्रम संचालन गर्नु भएको थियो

प्रकाशित मिति: २०२३-०८-२४ , समय : २०:५७:३७ , १० महिना अगाडि