एसिया कप हेर्न महाकवि देवकोटा माबीमा बिदा

रुपन्देही खबर , २०३  पटक हेरिएको

नवलपरासी, भदौ १८

पश्चिम नवलपरासीको सुनवल नगरपालिका वडा नम्बर ४ मा रहेको महाकवि देवकोटा नमुना माध्यामिक विद्यालयले नेपाल र भारत बीचको हुने एसिया कप प्रतियोगिता हेर्नका लागि विदा दिएको छ ।

विधालयका प्रानाध्यापक खेमलाल शर्माले एक सुचना जारि गर्दै एसिया कप क्रिकेट खेल अन्तर्गत आज ( सोमबार) दिउँसो ३ बजेबाट हुने नेपाल भारतको एतिहासिक खेल हेर्न बिदा दिइएको बताउनु भयो । शर्मा भन्नुहुन्छ -“क्रिकेट खेल र खेलाडीको सम्मान गर्दै विद्यार्थी तथा शिक्षकका लागि दिउसो २ बजे देखि विदा दिएको हो ।”

भारत जस्तो शक्तिशाली टिमका साथ प्रतिस्पर्धा गर्नु सम्पूर्ण नेपालीहरुको निम्ति ठूलो गौरवको बिषय भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञानहरी अर्यालले बताउनु भयो । उहाँ भन्नुहुन्छ -” यो गौरव पुर्ण खेल भएकोले विधालयले एशिया कपको खेल खेल्ने टिमको हौसला बढाउन विद्यार्थीहरुमा खेल प्रति उर्जावान भावना जागृत गराउन २ बजे पछि कुनै पनि कक्षा संचालन नगरी विदा गरिएको हो ।”

प्रकाशित मिति: २०२३-०९-०४ , समय : १७:४४:४३ , ६ महिना अगाडि