गजल : तिम्रो मनमा बस्न देउ न माया

उर्मिला यादव यात्री , ४००  पटक हेरिएको

भैरहवा, भदौ २८

कहिलेकाही तिम्रो मनमा बस्न देउ न माया ।
फुल बनी तिम्रै पाउमा खस्न देउ न माया ।।

अथाह प्रेम संगै यो मुटुमा तिमी ।
तिम्रो मनको बगैंचामा पस्न देउ न माया।।
फुलबनी ……..

पर पर जति जान्छौं भेटिदैनन कोहि ।
पिरतीको हाम्रो डोरी कस्न देउ न माया।।
फुलबनी ……..

अर्को जुनि के हो कुन्नि, कसले देख्या छ र ।
यो जुनीमा तिमी संगै फस्न देउ न माया ।।
फुलबनी ……..

लेखेको मिति : २०८०/०५/२८ बिहान ११ बजे

प्रकाशित मिति: २०२३-०९-१४ , समय : ११:४२:४८ , १ वर्ष अगाडि