रुपन्देही खबर , २९४ पटक हेरिएको
भैरहवा, भदौ २९
१५८ औ मोती जयन्तीको अवसरमा सिर्जनशील साहित्यिक समाज सिसास भैरहवाले बिहीबार मोती जयन्ती तथा स्रष्टा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । वरिष्ठ गजलकार प्राज्ञ बूँद रानाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा दुई जना स्रष्टाहरू सिर्जनशील मोती स्रष्टाबाट सम्मानित हुनु भएको छ । सम्मानित हुनेमा युवा गजलकार तिलक भट्टराई अन्जान र नारी स्रष्टा दुर्गा थापा मगर रहनु भएको छ ।
कार्यक्रममा वरिष्ठ साहित्यकारहरू प्रा.डा. कपिलदेव लामिछाने , डा. दामोदर ढकाल, वनमाली निराकार , विजय सागर , डिल्लीराज भट्टराई , रमेश समर्थन , डा।.नारायणप्रसाद पन्थ, पूर्व अध्यक्ष छविलाल न्यौपाने लगायतले सम्मानित स्रष्टालाई बधाई तथा शुभकामना दिनुका साथै मोतीराम भट्टको बारेमा आ आफ्ना मन्तव्य राख्नु भएको थियो । पुर्ब अध्यक्ष नारायणप्रसाद भण्डारीले सम्मानित गजलकारको परिचय दिनु भएको थियो भने पुर्ब अध्यक्ष शशि पन्थीले मोतीरामको योगदानको बारेमा परिचर्चा गर्नु भएको थियो । संस्थाका अध्यक्ष कमल पोख्रेल निश्छलको अध्यक्षता , उपाध्यक्ष सरु ज्ञवालीको स्वागत तथा संयोजनमा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन विष्णुप्रसाद गजुरेलले गर्नु भएको थियो । कार्यक्रममा स्रष्टाहरूले आ आफ्ना रचना वाचन गरेका थिए ।
प्रकाशित मिति: २०२३-०९-१५ , समय : ०९:०८:४५ , १ वर्ष अगाडि