प्रहरीद्धारा रोहिणी ६ बाट १६ क्विन्टल अबैध माछा बरामद

रुपन्देही खबर , २९९  पटक हेरिएको

भैरहवा, असोज ६

जिल्ला प्रहरी कार्यालय रुपन्देहीले ४ लाख ८० हजार मुल्य बराबरको अबैध माछा नियन्त्रणमा लिएको जनाएको छ । जिल्लाबाट खटिएको प्रहरी टोलीले शुक्रबार रोहिणी गाउँपालिका वडा नंम्बर ६ बोदवारबाट अबैध माछा बरामद गरेको हो ।

प्रहरीका अनुसार अबैध रुपमा भारतबाट नेपाल तर्फ ल्याइ रोहिणी ६ बस्ने जलिल गद्धीको खाली घरमा लुकाई राखेको ४ लाख ८० हजार मुल्य बराबरको ३२ कार्टुन १६ क्विन्टल माछा बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिएको माछा स्थानियहरुको रोहवरमा बरामद गरी आवश्यक कारबाहीका लागी पशु क्वारेन्टाईन चेकपोष्ट बेलहिया पठाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

प्रकाशित मिति: २०२३-०९-२३ , समय : ०९:१८:२४ , ८ महिना अगाडि