छात्राहरूमाथि याैन दुर्व्यवहार गरेकाे आराेप लागेका सर्वनाम शिक्षालयका वार्डेन पक्राउ

रुपन्देही खबर , ६५४  पटक हेरिएको

काठमाण्डाै , जेठ २१

छात्राहरूमाथि याैन दुर्व्यवहार गरेकाे आराेप लागेका जाेरपाटीकाे सर्वनाम शिक्षालयका वार्डेन पक्राउ परेका छन् ।

शिक्षालयका वार्डेन रामजी बस्नेतलाई रामेछाप प्रहरीकाे समन्वयमा पक्राउ गरिएकाे हाे । अहिले उनलाई काठमाण्डाै ल्याउँदै गरिएकाे प्रहरी नायब उपरीक्षक ढुण्डीराज न्याैपानेले जानकारी दिनुभयाे ।

१२, १३ र १५ वर्षीया बालिकालाई वार्डेन रामजी बस्नेतले झन्डै चार महिनाअघि यौन दुर्व्यवहार गरेको विद्यार्थी र अभिभावकको आरोप छ । यसै विषयमा आज शनिवार शिक्षालयका प्रधानाध्यापक र विद्यार्थी तथा अभिभावकबीच भनाभन हुँदा अवस्था तनावपूर्ण बनेको थियो ।

 

१५ वर्षसम्म सर्वनाम शिक्षालयमै शिक्षकको रूपमा कार्यरत बस्नेत अहिले वार्डेनको जिम्मेवारीमा रहेको र १५ वर्षमुनिका तीन जना बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा विद्यार्थी र अभिभावक आक्रोशित बनेका न्यौपानेले जानकारी दिनुभयो ।

 

पक्राउ परेका बस्नेतमाथि जाहेरी दर्ताको प्रक्रिया सुरु भएको प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति: २०२२-०६-०४ , समय : १९:३१:४९ , २ वर्ष अगाडि