दोष दिउ कसलाई

उर्मिला यादव यात्री , ३३७  पटक हेरिएको

भैरहवा, असोज ८

मनले स्वीकार गरेन दोष दिउ कसलाई
तनको त कुरै न गर दोष दिउ कसलाई

तिमिले आफ्नो माने पो, मैले नि मान्थे कि
नपिएको बिस पनि पिलायौ दोष दिउ कसलाई

मानसिक तनाव सङै हिंसा नगरेका होइनौ
अत्याचार सहेर चुप भए दोष दिउ कसलाई

बाहिर तिम्रो देखावटी आनीबानीको चर्चा उस्तै
मैले जानेर के गर्नु दुनियाले नदेखे दोष दिउ कसलाइ

लेखेको मिति :२०८०/०६/०७

प्रकाशित मिति: २०२३-०९-२५ , समय : ०८:५४:३६ , ८ महिना अगाडि