सिर्जनशील साहित्यिक समाज भैरहवाको २० औं साधारण सभा सम्पन्न

उर्मिला यादव यात्री , २७१  पटक हेरिएको

भैरहवा, असोज १३

सिर्जनशील साहित्यिक समाज सिसास भैरहवाको २० औं साधारण सभा शनिबार भैरहवामा सम्पन्न भएको छ । सिसासका अध्यक्ष कमल पोख्रेल निश्चलको अध्यक्षता तथा बरिष्ठ साहित्यकार बिजय सागरको प्रमुख आतिथ्यतामा साधारण सभा सम्पन्न भएको हो । अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्दै पोख्रेलले सिसास बिशुद्ध साहित्यिक संस्था भएकोले साहित्य केन्द्रित गतिबिधि संचालन गर्नु यसको प्रमुख उदेश्य भएको बताउनु भएको छ । उहाले बिभिन्न बिधामा साहित्यिक उर्जा थप्न गतबर्ष मोती जयन्तीको अवसरमा ६ जना स्रष्टाहरुलाई सम्मान गरेको समेत बताउनु भएको छ । उहाले हालसम्म २ सय ३५ वटा नियमित मासिक साहित्यिक संगमहरु सम्पन्न भैसकेको बताउदै हालसम्म संस्थामा ५ जना बिशिष्ठ सदस्य र ६६ जना आजिवन सदस्य रहेको जानकारी दिनु भएको छ ।


कार्यक्रममा संस्थाका उपाध्यक्ष सरु ज्ञवालीको स्वागत मन्तब्य रहेको कार्यक्रममा बरिष्ठ साहित्यकार बिजय सागर, साहित्यकार बनमाली निराकार , प्राध्यापक डा. कपिलदेव लामिछाने, निर्वतमान अध्यक्ष तथा सल्लाहकार शशि पन्थी, संस्थाको संस्थापक अध्यक्ष सुरज घिमिरे दिपशिखा, पुर्व अध्यक्ष तथा सल्लाहकार नारायण प्रसाद भण्डारी लगायतले बोल्दै साहित्य क्षेत्रको बिकासमा महत्वपुर्ण भुमिका खेल्न आग्रह गर्नु भएको थियो । कार्यक्रममा संस्थाका सचिव विष्णु गजुरेलले सचिवको प्रतिवेदन र कोषाध्यक्ष सिर्जना खनालले आर्थिक बर्ष २०७९।८० को आयब्यय बिवरण प्रस्तुत गर्नु भएको थियो । भने कार्यक्रम संचालन सस्थाका सचिव विष्णु गजुरेलले गर्नु भएको थियो । कार्यक्रममा कार्यक्रममा आजीवन सदस्य उमेशचन्द्र रिजाल , हिरालाल धामी ,अनिल कुमार गुरुङ्ग, यज्ञलाल सुवेदी, राजेश जिज्ञासु, रामबहादुर श्रेष्ट ,अनमोल शर्मा, डा. लक्ष्मी पोख्रेल , रामराज गौतम , केशव शर्मा वेलबासे , तिलक लामिछाने, कमला गौतम , सीता ढुङ्गाना काफ्ले ,दीपक प्रधान, लता प्रधान, गङ्गा घिमिरे, टेकनारायण ढकाल, उर्मिला यादव यात्री लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति: २०२३-१०-०१ , समय : २०:५०:१६ , १ वर्ष अगाडि