रुपन्देही खबर , ६४० पटक हेरिएको
भैरहवा, असोज ३०
‘भूतपूर्व विद्यार्थी समाज’ पक्लिहवा माध्यमिक विद्यालयले नेपालीहरुको महान पर्व बिजयादशमी, शुभदिपावली तथा छठ पर्वको उपलक्ष्यमा ‘शुभकामना आदान–प्रदान तथा डस्टविन हस्तान्तरण गरेको छ । आज एक कार्यक्रमका बिच विद्यार्थी समाजले पक्लिहवा माध्यमिक विद्यालयमा बालविकाश देखि कक्षा १० सम्म प्रत्येक कक्षा–कोठामा तथा शौचालयहरुका लागि २० हजार रुपैया बरावरको डस्टविन हस्तातरण गरेको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी पक्लिहवा माध्यमिक विद्यालयका पुर्व प्रधानाध्यापक लेखा थापाले विभिन्न समयमा विद्यालयमा अध्ययन गरेका विद्यार्थीहरु आज आएर पुर्व विद्यार्थीको रुपमा विद्यालयलाई माया गरि गरेका रचनात्मक क्रियाकलापहरु सर्हानिय रहेको बताउदै भोलिका दिनमा पनि विद्यालयको पुर्वाधार तथा शैक्षिक विकासमा टेवा पुर्याउने विश्वास व्यक्त गर्नु भएको छ ।
कार्यक्रममा विशिष्ट अतिथी तथा पक्लिहवा माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा समाजसेवी सुशील गुरुङ्ग, विद्यालयका प्रधानाध्यापक बसन्त कुमार बस्नेत लगायतले बोल्दै भूतपूर्व विद्यार्थी समाजको महत्व तथा यसको स्थापना पश्चात् सम्पन्न गरेका र भविष्यमा गर्न सक्ने कार्यहरुको बारेमा आफ्ना धारणा राख्नुुभएको थियो ।
कार्यक्रममा समाजका उपाध्यक्ष राजेन्द्र खड्काको स्वागत मन्तब्य रहेको कार्यक्रम संचालन सचिव माधव शर्माले गर्नु भएको थियो । कार्यक्रममा समाजसेवी कृष्ण खनाल, लेखनाथ भट्टराई, विद्यालय व्यवस्थापन समितिका सदस्य सलुजा रामदाम, दिलु थापा, शारदा श्रेष्ठ, मिनु गुरुङ्ग, शिक्षक–शिक्षिका , बिद्यार्थी लगायतको सहभागिता रहेको थियो । भूतपूर्व विद्यार्थी समाजका अध्यक्ष भिम बहादुर थापाको अध्यक्षता तथा पक्लिहवा माध्यमिक विद्यालयका पुर्व प्रधानाध्यापक लेखा थापाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।
प्रकाशित मिति: २०२३-१०-१७ , समय : २१:२२:३७ , १ वर्ष अगाडि