त्रिदेशीय टी-२० सिरिजमा नेपाल र युएईबीच आज फाइनल खेल हुने

रुपन्देही खबर , २३४  पटक हेरिएको

काठमाडौं, कात्तिक १०

त्रिदेशीय टी-२० सिरिजमा नेपाल र युएईबीच आज फाइनल खेल हुने भएको छ। शुक्रबार बिहान ११ बजेदेखि कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपाल र युएईबीच फाइनल हुन लागेको हो।
नेपाल, युएई र हङकङबीच नेपालमा जारी सिरिजबाट हङकङ बाहिरिसकेको छ। नेपालले यस सिरिजमा लगातार चार वटा खेल जितिसकेको छ। युएईमाथि दुई र हङकङमाथि दुई जित हात पारेको हो।

युएई र हङकङले एकअर्कासँग एक-एक जित हात पारेको छ। रन रेटको आधारमा युएई फाइनलमा प्रवेश गरेको हो। गत सोमबार युएईसँग मुलपानी क्रिकेट मैदानमा भएको खेलमा नेपाल ५ विकेटले विजयी बनेको थियो। यस्तै कात्तिक १ गते भएको पहिलो खेलमा पनि नेपालले युएईलाई ७ विकेटले पराजित गरेको थियो। नेपालले हङकङलाई पनि कात्तिक २ गते ६ विकेटले र कात्तिक ४ गते ७९ रनले पराजित गरेको थियो।

प्रकाशित मिति: २०२३-१०-२७ , समय : ०८:३१:३३ , १ वर्ष अगाडि