मर्चवारको दुइमोहान नदिमा डुबेर बेपत्ता भएका युवकको शव भेटियो

रुपन्देही खबर , ३७७  पटक हेरिएको

मर्चवार , कार्तिक १०

रुपन्देहीको मर्चवारमा दुर्गा मूर्ति विसर्जनको क्रममा नदीमा डुबेर बेपत्ता भएका युवकको शव फेला परेको छ । मर्चवारमा मंगलबार दुर्गा मूर्ति विसर्जन गर्न गएका तीन जनामध्ये दुई जनाको शव भेटिएको थियो भने एक जना बेपत्ता भएका थिए।

रूपन्देहीको कोटहीमाई गाउँपालिका वडा नम्बर १ र ५ को बिचमा रहेको तिनाउ र दानव नदी सीमाको दुइमोहान नदिमा डुबेर कोटहीमाई गाउपालिका १ का २० वर्षीय सन्तकुमार राजभर बेपत्ता भएका थिए। राजभरको शव बिहीबार भेटिएको हो।सो दुर्घटनामा परेर स्थानीय २४ वर्षीय अजयकुमार नाउँ र १८ वर्षीय अजय राजभरको मृत्यु भएको थियो। सो स्थानका स्थानीयले स्थापना गरेको दुर्गा मूर्ति विसर्जन गर्न बडादसैंका दिन ती युवा नदी किनारमा पुगेका थिए।

खोजीका क्रममा बिहीबार अपराह्न घटनास्थलबाट केही तल तैरिएको अवस्था शव फेला परेको जिल्ला प्रहरी कार्यालय रूपन्देहीले जानकारी दिएको छ ।

प्रकाशित मिति: २०२३-१०-२७ , समय : ०८:४६:१९ , ६ महिना अगाडि