महिला टी-२० सिरिजमा नेपालले आज हङकङसँग खेल्ने

रुपन्देही खबर , २९३  पटक हेरिएको

काठमाडौं,कार्तिक ३०

चार देश सम्मिलित महिला टी-२० सिरिजमा नेपालले आज हङकङसँग खेल्दैछ। हङकङ क्रिकेट क्लबको मैदानमा आज बिहान साढे ११ बजेदेखि खेल सुरू हुनेछ।

नेपाल यसअघि बुधबार तान्जानियासँग २७ रनले पराजित भएको थियो। नेपालले समूह चरणको अन्तिम खेल आगामी मङ्सिर २ गते जापानसित खेल्ने छ। शीर्ष दुई टोलीले उपाधिका लागि खेल्ने छन्।

नेपाली टोलीमा कप्तान इन्दु बर्मा, उपकप्तान बिन्दु रावल, रुविना क्षेत्री, सीता रानामगर, अस्मिना कर्माचार्य, काजोल श्रेष्ठ, कञ्चन श्रेष्ठ, खुसी डङ्गोल, सङ्गीता राई, सोनी पाख्रिन, सोमु विष्ट, पूजा महतो, रोमा थापा र सम्झना खड्का छन्।

कप्तान रुबिना क्षेत्रीको ठाउँमा इन्दु बर्मालाई नेपाल क्रिकेट सङ्घ (क्यान)ले नयाँ कप्तान चयन गरेको हो।

प्रकाशित मिति: २०२३-११-१६ , समय : ०७:५६:३० , ६ महिना अगाडि