पक्लिहवा माविमा शिक्षामा सशक्तिकरण,बर्तमान चुनौतीहरुको समाधान विषयक अभिमुखीकरण

रुपन्देही खबर , २०६  पटक हेरिएको

भैरहवा, मंसिर २५

श्री पक्लिहवा माध्यमिक विद्यालय, सिद्धार्थनगर वडा नम्बर १ पक्लिहवामा ‘शिक्षामा सशक्तिकरण र वर्तमान चुनौतिहरुको सामूहिक समाधान’ विषयक अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । विद्यालयका प्रधानाध्यापक बसन्त कुमार बस्नेतको अध्यक्षता तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुशील गुरुङ्गको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा वर्तमान समयमा शिक्षा क्षेत्रमा देखिएका विभिन्न चुनौतिहरुको क्रमबद्ध रुपमा छलफल गरी त्यसका सामुहिक समाधानका उपायहरु के हुन सक्छ भनी विभिन्न विकल्पहरुमा अन्तरक्रिया, विश्वव्यापी रुपमा गरिएका प्रयासहरु तथा स्थानीय रुपमा गर्न सकिने समाधानका पाइलाहरुमा विचार विमर्श गरिएको विद्यालयले जनाएको छ ।

कार्यक्रममा प्रमुख अतिथि गुरुङ्गले प्रयोगात्मक र अन्तरक्रिया मार्फत गरिने यस्ता कार्यक्रमहरुले शिक्षा क्षेत्रमा रुपान्तरण गर्न सकिने बताउनु भएको छ । उहाले सिकाइको प्रक्रिया सहज बनाउन र विद्यार्थीहरुको बालमनोविज्ञानलाई बुझन र सोहीअनुरुप विकास गर्न महत्वपुर्ण सहयोग पुग्ने बताउनु भएको छ । कार्यक्रममा फिनल्याण्डका ल्युट विश्वविद्यालयका पिएचडी स्कलर्स राजन वि।क। तथा विद्यालयका प्रधानाध्यापक बसन्तकुमार बस्नेतले कार्यक्रममा सहजीकरण गर्नु भएको थियो ।

विद्यालयका सहायक प्रधानाध्यापक शेर बहादुर थापाको स्वागत मन्तब्य रहेको कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सल्लाहकार याम बहादुर थापा, सदस्य शिवशंकर गुप्ता, मेउडिहवा आधारभूत विद्यालयका प्रधानाध्यापक आशा थापा, विद्यालयका शिक्षकशिक्षिका, कर्मचारी तथा विद्यार्थी गरी करिब ७० जनाको सहभागीता रहेको थियो ।भने शिक्षक देवी प्रसाद न्यौपानेले कार्यक्रम सञ्चालन गर्नु भएको थियो ।

प्रकाशित मिति: २०२३-१२-११ , समय : २३:१३:३७ , ८ महिना अगाडि