भुमहिमा प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगिता सम्पन्न

रुपन्देही खबर , १९८  पटक हेरिएको

सुनवल,मंसिर २७

पश्चिम नवलपरासीको सुनवल-१२ भुमहिमा प्रथम रामनगर प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगिता सम्पन भएको छ । प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगिता समितीको आयोजामा सम्पन्न प्रतियोगिता बुटवल डोजाङ्गले प्रथम स्थान हासिल गरेको छ ।

क्यारोगी र पुम्से गरि दुइ विधाको प्रतियोगितामा बुटवलले १४ स्वर्ण,२ रजत १ काश्य पदक गरि सहित प्रथम भएको हो । त्यसैगरि तिलोत्तमा डोजाङ्गले ७ स्वर्ण ६ रजत र ३ काश्य गरि दोस्रो स्थान हासिल गरेको छ । त्यसैगरी ६ स्वर्ण ३ रजत र १५ काश्य गरि हाइकिकर डोजाङ्ग परासीले तेस्रो स्थान हासिल गरेको प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगिताका अध्यक्ष तपनकुमार केवटले जानकारी दिनुभयो। प्रतियोगितामा पुरुषतर्फ रामनगर डोजाङ्का अकित सहानी प्रतियोगिताको वेस्ट क्यारोगी घोषित भएका थिए भने महिलातर्फ वेस्ट क्यारोगी बुटवल डोजाङकी खेलाडि अनुश्का तामाङ घोषित भएकी छिन ।

प्रतियोगितका विभिन्न उमेर समुहका प्रथम दोश्रो र तेश्रो विजेता खेलाडिले मेडल र प्रमाणपत्र पाएका छन् । लुम्विनी प्रदेश भित्रका ८ जिल्लाका विभिन्न २१ डोजाङ्को सहभागिता रहेको प्रतियोगितामा १२ वर्ष माथिका उमेरका समुहका पुरुष तथा महिला गरि २ सय ८५ खेलाडिहरुको सहभागिता रहेको आयोजकले जनाएको छ ।

प्रदेश सासद खडग बस्नेतको पहल र प्रदेश सरकारको सहयोगमा प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगिताको आयोजना गरेको उक्त प्रतियोगिता तिन दिनसम्म भुमही स्थित रामनगर तेक्वान्दो एकेडेमी हलमा संचालन गरिएको भएको थियो।

प्रकाशित मिति: २०२३-१२-१३ , समय : ११:०२:४९ , ८ महिना अगाडि