जगीलाल थापा , २५३ पटक हेरिएको
कञ्चन,पुस २
हरैया माध्यमिक बिद्यालय, कञ्चन ३ हरैया रुपन्देहीले बिद्यालयमा कार्यरत पुर्व शिक्षक तथा बिद्यालय ब्यवस्थापन समितिका पदाधिकारीहरुलाई सम्मान गरेको छ। बिद्यालयले एक बिशेष कार्यक्रमको आयोजना गरी बिद्यालयको शैक्षिक तथा भौतिक पुर्वाधार बिकासमा योगदान दिई बिभिन्न समयमा अवकास तथा अन्य बिद्यालय र कार्यक्षेत्रमा गएका शिक्षक, कर्मचारी तथा व्यबस्थापन समितिका पदाधिकारीहरुलाई सम्मान गरेको हो।
कार्यक्रमका प्रमुख अतिथि तथा कञ्चन गाउपालिकाका अध्यक्ष नवराज ढकालले कुनै पनि क्षेत्रको बृत्तिबिकासका लागि त्यस क्षेत्रमा लामो समयसम्म काम गरी अनुभव संगालेका पुर्वजहरुको सम्मान र एकआपसमा अनुभव आदान प्रदान गर्नु जरुरी रहेको बताउनु भएको छ। अध्यक्ष ढकालले कुनै पनि क्षेत्रमा हुने र भएगरेका बिकासका कार्यहरुलाई दिगो बनाउन मानविय बिकास हुन आवश्यक रहेको र उक्त मानविय बिकासका लागि शिक्षाको बिकास हुनु पर्नेमा जोड दिनु भएको छ।
बिद्यालय पनि बिभिन्न कच्चा सामग्रीहरुलाई बिभिन्न रसायनहरुबाट पगालेर वा मिश्रण गरेर बिभिन्न किसिमका सामानहरुको निर्माण गर्ने उद्योग जस्तै शैक्षिक उद्योग भएकोले उद्योगमा कार्यरत दक्ष जनशक्तीहरुको कौशलताबाट देशका लागि आवस्यक पर्ने योग्य ब्यक्ती तयार हुने अध्यक्ष ढकालले बताउनु भयो।
एक फरक प्रसंगमा आफ्नो धारणा राख्दै अध्यक्ष ढकालले आफ्नो क्षमता र दक्षता जति छ त्यति नै बाचा गर्ने र सोही अुसार आफुले कबोल गरेको बाचाहरुलाई पुरा गर्न तर्फ आफ्नो बढी ध्यान जाने बताउदै सस्तो लोकप्रियताका लागि क्षमता भन्दा बाहिरको कुनै पनि कुराहरु बोल्न आफ्नो बानी नभएको कुरा उल्लेख गर्नु भयो।
यस्तै कार्यक्रमका बिशिष्ट अतिथि तथा कञ्चन गाउपालिकाका निवर्तमान अध्यक्ष गोकर्ण बहादुर क्षेत्रीले आफु पालिका अध्यक्ष हुँदा बिद्यालयको शैक्षिक स्तरलाई बृद्धि गर्ने र तयसका लागि ग्रिन स्कुल, क्लिन स्कुल र पिस स्कुलको अवधारणा ल्याएको बताउनु भयो। स्वच्छ र स्वस्थ अनि शान्त वातावरणमा मात्र शिक्षकले आफु भित्र रहेको क्षमता र शिक्षण कलाको उपयोग गरेर बिधार्थीहरुलाई शिक्षण गर्ने र बिधार्थीहरुले पनि सहज रुपमा ज्ञान र सिप हासिल गर्न सक्ने निवर्तमान अध्यक्ष क्षेत्रीले बताउनु भयो। निवर्तमान अध्यक्ष क्षेत्रीले पछिल्लो समय हरैया माध्यमिक बिद्यालयले शैक्षिक र भौतिक रुपमा गरेको प्रगतीले कञ्चनको गरिमासंगै रुपन्देहीमा एक नम्वरको बिद्यालय बन्न सफल भएको प्रति बिद्यालय ब्यबस्थापन समिति र सम्पुर्ण शिक्षक कर्मचारीहरुलाई धन्यवाद समेत ब्यक्त गर्नु भएको थियो ।
यसैगरी वडा नं. ३ का वडाा अध्यक्ष टीकाराम सापकोटाले हरैया माध्यमिक बिद्यालय कञ्चनकको मात्र नभई तिनाउ देखि पश्चिम क्षेत्रकै एक शैक्षिक हवको रुपमा बिकास हुन लागिरहेको र यसलाई थप बल पुर्याउन शिक्षक, अभिभावक, बिधार्थी अनि शैक्षिक तथा सााजिक अगुवाहरुको भुमिकालाई अझ प्रभावकारी रुपमा परिचालन गर्न अति आवस्यक रहने बताउनु भयो।
कार्यक्रममा बिद्यालयका पुर्व प्रधानाध्यापक तथा हरैया बहुमखी क्याम्पस ब्यबस्थापन समितिका अध्यक्ष चुडामणी शर्माले बिद्यालयको भौतिक संरचनामा जस्तो सुकै परिबर्तन र निर्माण गर्न सकिने तर बिद्यालयको शैक्षिक स्तरलाई सुदृद्ध गर्न र गुणस्तरियता कायम गर्न प्रशासक वा ब्यबस्थापन समितिको एकोहोरो दौडाईले मात्र नपुग्ने अनुभव सुनाउनु भएको थियो।
बिद्यालयक प्रधानाध्यापक मेघनाथ शर्माले स्वागत तथा कार्यक्रमकको औचित्यता माथी प्रकाश पार्दै शहरका नाम चलेका बिद्यालयहरुकै दाँजोमा हरैया माध्यमिक बिद्यालयको शैक्षिक गतिमा तिव्रता आएको बताउनु भयो। नाम चलेका बिद्यालयले सामान्य प्रगती गर्दा पनि सम्पुर्ण क्षेत्रको ध्यान जाने तर ग्रामिण क्षेत्रका बिद्यालयहरुले शैक्षिक रुपमा अब्बलता कायम गर्दा कहिलेकाही त बाढी आइहाल्छ नि भन्ने समाजको सोंचलाई चिर्न चुनौती रहेको उल्लेख गर्दै प्रधानाध्यापक शर्माले ती चुनौतीहरुलाई हरैया माध्यमिक बिद्यालयले हरेक बर्ष चिर्दै आइरहेको र नतिजा समेत प्रत्येक बर्ष असाधरण रुपमा उकालिदै गइरहेको बताउनु भयो। बिद्यालयको भैतिक पुर्वाधारको कमीका कारण नयाँ शैक्षिक सत्रमा बिद्यालयमा चाहेर पनि भर्ना गर्न नसकिएको र त्यसको समाधानका लागि पालिकाले आवस्यक सहयोग गर्नु पर्ने अपेक्षा समेत प्रधानाध्यापक शर्माले गर्नु भयो।
बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष मेघनाथ पौडेलले कञ्चनलाई एक शैक्षिक हवको रुपमा उदाहरण प्रस्तुत गराउनेगरी बिद्यालयको हरेक पक्षमा ब्यबस्थापन समिति, शिक्षक अभिभावक संघ, शिक्षक, कर्मचारी, बिधार्थी र समाजका अगुवाहरुसंगको निरन्तर समन्वय र सहकार्यलाई जोड दिदै आइरहेको बताउनु भयो।
बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष मेघनाथ पौडेलको अध्यक्षतामा भएको सम्मान कार्यक्रममा पुर्व प्रधानाध्यापक चुडामणी शर्मा, पुर्व शिक्षकहरु गोकर्ण बहादुर क्षेत्री, तुल बहादुर थापा, सुशिल पौडेल, हरि शर्मा, विनोद पौडेल, सुशिला न्यौपाने र रञ्जु पाण्डेलाई बिदाई तथा सम्मान गरिएको थियो भने बिद्यालय ब्यबस्थापन, शैक्षिक गुणस्तर र भौतिक पुर्वाधार बिकासमा योगदान पुर्याएका बिद्यालय ब्यबस्थापन समितिका पदाधिककारीहरु शेर बहादुर राना, मन बहादुर थापा, टीकाराम शर्मा, पार्वती पाध्यालाई सम्मान गरिएको थियो।
शिक्षक कलाधर ढकालले कार्यक्रम संचालन गर्नु भएको कार्यक्रममा शिक्षिकहरु सरिता आचार्य र सुमित्रा भुसालले कविता गजल प्रस्तुत गर्नु भएको थियो।
प्रकाशित मिति: २०२३-१२-१८ , समय : ०६:२९:१५ , ९ महिना अगाडि