आप्रवासी श्रमिक दिवसका अवसरमा सिद्धार्थनगरद्धारा सरोकारवालाहरुसंग अन्तरक्रिया

उर्मिला यादव यात्री , ४४२  पटक हेरिएको

भैरहवा, पुस २

आप्रवासी श्रमिक दिवस २०२३ को अवसरमा सिद्धार्थनगर नगरपालिकाले आज भैरहवामा अन्तर्राष्ट्रिय आप्रवासीको योगदानको कदर र अधिकारको सम्मान भन्ने मुल नाराका साथ सरोकारवालाहरुसंग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । सिद्धार्थनगर नगरपालिकाको उपप्रमुख उमा अधिकारीको अध्यक्षता तथा नगरप्रमुख इश्तियाक अहमद खानको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा बोल्दै नगरप्रमुख खानले सिद्धार्थनगर नगरपालिकाले जनताको लागी लगानी गर्दै आएको बताउनु भएको छ । उहाले बैदेशिक रोजगारीमा जादा बिशेष ख्याल गरेर मात्र जान आग्रह गर्नु भएको छ । पछिल्लो समय बिदेशमा बेचिने र ठगिने क्रम बढदै गएकोले बैदेशिक रोजगारीमा जादा बैदेशिक रोजगारीका बिषयमा काम गर्दै आएका संघ संस्थाहरु संग सुझाव लिएर मात्र जान सुझाव दिनु भएको छ । उहाले बैदेशिक रोजगारीमा जादा लोभ लालचमा नगई आफु जाने ठाउको बारेमा पुर्ण रुपमा जानकारी लिइ मात्र जान अनुरोध गर्नु भयो । नगरप्रमुख खानले बैदेशिक रोजगारीमा जादा हुने ठगीबारे सचेत हुन आग्रह समेत गर्नु भएको छ । उहाले बैदेशिक रोजगारीमा गएका महिलाहरुलाई गलत लान्छना लगाउनु गलत कुरा भएको बताउनु भयो । बैदेशिक रोजगारीमा जादा बिदेशबाट सिकेका कुराहरु आफनो देशमा आइ ब्यवहारमा लागु गर्नुपर्ने नगरप्रमुख खानको भनाइ छ ।

यस्तै गरी नगरउपप्रमुख उमा अधिकारीले कार्यक्रममा बोल्दै ब्यक्तिहरुको सोचमा परिर्वतन हुन आवश्यक रहेको बताउनु भएको छ । उहाले श्रीमान बैदेशिक रोजगारीमा हुदा श्रीमतीलाई हेर्ने दृष्टिकोण नै फरक हुने भएकोले यस्ता किसिमका नकरात्मक सोच त्याग्नुपर्ने बताउनु भएको छ । उहाले समाजमा भएका नकरात्मक सोच बिचारले गर्दा हामी अगाडी बढन नसकेको गुनासो समेत गर्नु भएको छ ।
उहाले बैदेशिक रोजगारीमा जादा कुन आधारमा, कुन मान्यतामा कसरी बिदेश जाने यसको बारेमा पुर्ण जानकारी लिएर मात्र बिदेश जान आग्रह गर्नु भएको छ । उहाले बैदेशिक रोजगारीमा जादा धेरै मानिसहरु ठगिने भएकोले जो सुकैलाई बिश्वास गर्नाले पनि धेरै मानिसहरु ठगिएको उल्लेख गर्नु भयो । उहाले बिदेश जानुभन्दा अगाडी को सित जाने , कसरी जाने भनेर सम्बन्धित निकायमा सल्लाह लिएर मात्र बिदेश जान सुझाव दिनु भएको छ । उहाले भारतको बिभिन्न एर्यरर्पोट हुदै बिदेशिनेको संख्यामा बृद्धि हुदै गएकोले यस बिषयमा सम्बन्धित निकायले छलफल गर्न आवश्यक रहेको जोड दिनु भयो । उहाले आफनै देशमा अन्तराष्ट्रिय बिमानस्थल हुदा हुदै पनि भारतको कुनै पनि बिमानस्थलबाट बिदेश लगिदै छ भने त्यसमा शंका गर्नुपर्ने बताउनु भएको छ । उहाले भारत हुदै बिदेश गएमा श्रम मन्त्रालयमा बिदेशिनेको तथ्यांक नहुने भएकोले धेरै मानिसहरु समस्यामा परेको उल्लेख गर्नु भएको छ । गैरकानुनी रुपमा भारतबाट अन्य मुलुक जादा आइपर्ने समस्यामा नेपालमा तथ्यांक नहुदा कुनै पनि किसिमको पहल गर्न नसकिएको बताउनु भयो । उहाले नेपालबाट बिदेश जादा भबिष्यमा आइपर्ने समस्याहरुमा सरकारले सहयोग गर्ने हुदा आफनै मुलुकबाट जान आग्रह गर्नु भएको छ ।


कार्यक्रममा सिद्धार्थनगर नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत चेतनशील लम्सालले सकेसम्म नेपालमै रोजगार गर्ने बातावरण सिर्जना गर्नुपर्ने बताउनु भएको छ । उहाले बाध्यताबस बैदेशिक रोजगारीमा जानु परेमा आफु संग कस्तो सिप छ, र कस्तो जानकारी लिएर बिदेश जान सक्छौ , सम्भाबित दुर्घटनाबाट कसरी बच्न सकिन्छ भन्ने कुरालाई यो कार्यक्रमले महत्व दिएको बताउनु भयो । उहाले बैदेशिक रोजगारीमा जादा जानु र फर्किनुको उदेश्य र यो अवस्था दुरावस्थामा नआओस भन्नका लागी सरोकारवालाहरु संग अन्तक्रिया गरीएको जानकारी दिनु भएको छ । उहाले आगामी दिनमा बैदेशिक रोजगारीको सम्बन्धमा नेपाल सरकारले यस्ता किसिमका दुर्घटना बाट बच्नका लागी सामी परियोजना लगायत बिभिन्न सरोकारवाला सित समन्वय गरेर कार्यक्रम संचालन गर्दै आएको जानकारी दिनु भएको छ । उहाले यस्ता कार्यक्रमको सदुपयोग गर्नुका साथै आफु सुरक्षित भएर मात्र बैदेशिक यात्रातिर अग्रसर हुन आग्रह गर्नु भएको छ । उहाले अरु कसैको लहै लहैमा लागेर र आफुलाई पुर्ण रुपमा आत्मसर्मपण गरेर जादा धेरै दुर्घटनाहरु भैरहेकोले ब्यक्ति आफै सजग हुनुपर्ने बताउनु भयो । कार्यक्रममा आप्रवासी स्रोतकेन्द्र रुपन्देहीका कार्यक्रम संयोजक सीता पन्थ भन्डारीले बैदेशिक रोजगारको बर्तमान अवस्था, चुनौती, कानुनी ब्यवस्था र स्थानिय सरकारको भुमिकाका बिषयमा सहजीकरण गर्नु भएको थियो ।

यस्तै गरी आप्रवासी स्रोतकेन्द्र रुपन्देहीका परामर्शकर्ता लक्ष्मी गुप्ताको स्वागत मन्तब्य रहेको कार्यक्रममा नगरकार्यपालिकाकासदस्यहरु, सिनपा भित्रका १३ वटै वडाका वडासदस्यहरु, नगरका शाखा प्रमुख , जिल्ला प्रहरी कार्यालय रुपन्देहीका मिना आर्चाय, नगरभित्रका सामुदायिक बिद्यालयका प्रमुख तथा शिक्षक लगायत सरोकारवाला ब्यक्तित्वहरुको सहभागिता रहेको थियो भने कार्यक्रम संचालन सुरक्षित आप्रवासन सामी कार्यक्रमको सामाजिक परिचालन अधिकृत रुबिता पुलामीले गर्नु भएको थियो ।

यस्तै गरी आप्रवासी श्रमिक दिवस २०२३ को अवसरमा सोमबार साझ जिल्ला प्रशासन कार्यालय भैरहवाको प्रांगढमा दिप प्रज्वलन समेत गरीएको थियो । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, सिद्धार्थनगर उपप्रमुख उमा अधिकारी, सुरक्षित आप्रवासन सामी कार्यक्रमको सामाजिक परिचालन अधिकृत रुबिता पुलामी, आप्रवासी स्रोतकेन्द्र रुपन्देहीका कार्यक्रम संयोजक सीता पन्थ भन्डारी लगायत सरोकारवाला ब्यक्तित्वहरुको सहभागितामा दिप प्रज्वलन गरीएको थियो ।

प्रकाशित मिति: २०२३-१२-१९ , समय : ००:२४:४५ , ९ महिना अगाडि