तिलोत्तमामा तिलोत्तमा दौड सम्पन्न

पार्वती थारु , २८५  पटक हेरिएको

तिलोत्तमा, पुस ८

रुपन्देहीको तिलोत्तमामा तिलोत्तमा दौड शनिबार सम्पन्न भएको छ । तिलोत्तमा नगरपालिका वडा नम्बर-९ को आयोजनामा “युवासँग कुद्छ तिलोत्तमा“ भन्ने नारा सहित सञ्चालन भएको खुल्ला तिलोत्तमा दौड प्रतियोगिता सम्पन्न भएको हो । तिलोत्तमाको योगिकुटी चोकदेखि मंगलापुरसम्मको ७ किमी दुरी पार गरी विभिन्न ४ समूहका २० जना प्रतियोगिले उत्कृष्ट हुन सफल भएका छन् । प्रतियोगीता पछि रामजानकी मन्दिरको सम्झना बाल उद्यानको परिसरमा समापन कार्यक्रमको आयेजना गरी प्रतियोगितामा उत्कृष्ट हुनेलाई पुरस्कार प्रदान गरिएको थियो।

जसमा १२ जनालाई नगद सहित मेडल र प्रमाण पत्र द्वारा सम्मान गरिएको थियो । खेल १५ देखि ४० वर्षका महिला पुरुष समूह र ४० देखि माथि उमेरका महिला, पुरुष समूहबिच भएको भएको थियो । खेलाडी सम्मान कार्यक्रममा बोल्दै नगरप्रमुख रामकृष्ण खाँणले खेल मार्फत युवाहरूलाई एकजुट बनाउन यस्तो प्रतियोगिताले सहयोग गर्ने बताउनु भएको थियो । नगर भित्रका युवाहरूको लागि विभिन्न खाले खेलकुद प्रतियोगिता मात्रै नभएर खेलाडी समेत सम्मान गर्ने र हरेक क्रियाकलापमा नगरपालिका अग्रसर रहेको भन्दै नगरप्रमुख खाँणले युवा मैत्री स्थानीय शासनका लागि नगरपालिका होमवर्कमा रहेको बताउनु भएको छ ।

प्रतियोगितामा १५ देखि ४० वर्ष सम्मको उमेर समूहमा पुरुष तर्फ विशाल खड्का प्रथम, विजय चापागाई द्वितीय, आविस क्षेत्री तृतीय, र लेख बहादुर झेंडी मगर चौथो र दीपक विश्वकर्मा पाँचौँ भएका छन्। त्यस्तै ४० वर्षा देखि माथि उमेरका समूहमा पुरुष तर्फ याम बहादुर डिसुवा प्रथम, हिरा कुमार मानन्धर द्वितीय, इन्द्र बहादुर थापा तृतीय, यम बहादुर थापा चौथो र धर्म बहादुर पुन पाँचौँ भएका थिए।

त्यस्तै महिला तर्फको १५ देखि ४० वर्ष उमेर समूहमा प्रकृति घिमिरे प्रथम, रक्षा श्रीस द्वितीय, सरस्वती कुँवर तृतीय, रुचि थापा सान्त्वना भएका थिए। त्यस्तै ४० वर्ष माथिका उमेर समूह अन्तर्गत महिला तर्फ राम कुमारी गाहा प्रथम , गायत्री सारु द्वितीय, राधिका गौचन तृतीय, कार्यपालिका सदस्य समेत रहेकी राधा शाही ठकुरी चौथो र सिता भुसाल पाँचौँ भएका थिए। प्रतियोगितामा प्रथम द्वितीय र तृतीय हेन प्रतियोगीलाई क्रमशः नगद रु ८ हजार ६ हजार र ४ हजार सहित मेडल र प्रमाण पत्र द्वारा सम्मान गरिएको थियो । सहभागी सबैलाई नगरपालिकाका नगर प्रमुख रामकृष्ण खाँण, उपप्रमुख जागेश्वर देवी चौधरी, वडा अध्यक्ष ध्रुव न्यौपाने, गणेश पाठक, देवी प्रसाद पंगेनी, गोपाल घिमिरे, रमेश डुम्रे,हरि बहादुर क्षेत्री लगायतले खेलाडीलाई प्रमाणपत्र प्रदान गर्नु भएको थियो ।

प्रकाशित मिति: २०२३-१२-२४ , समय : ०९:४३:०२ , ९ महिना अगाडि