घुस रकम सहित नापी कार्यालय परासीका अमिन गोविन्द ढकाल अख्तियारको नियन्त्रणमा

रुपन्देही खबर , ७१०  पटक हेरिएको

परासी, पुस ११

नापी कार्यालय पश्चिम नवलपरासीका अमिन गोविन्द ढकाललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस रकमसहित नियन्त्रणमा लिएको छ ।

जग्गा नाप जाँच गरि लालपुर्जा दिलाउने भनी सेवाग्राहीसँग घुस मागेको सूचनाको आधारमा अख्तियारको बुटवल कार्यालयबाट खटिएको टोलीले अमिन ढकाललाई नियन्त्रणमा लिएको हो

सेवाग्राहीबाट रु चार हजार घुस लिईसकेको अवस्थामा अमिन ढकाललाई उनकै कार्यकक्षबाट आज नियन्त्रणमा लिएको अख्तियारका प्रवक्ता नरहरी घिमिरेले जानकारी दिनुभयो ।

प्रकाशित मिति: २०२३-१२-२७ , समय : २२:५७:५५ , २ वर्ष अगाडि