नारी साहित्य सिर्जना मंच बुटवल गठन,अध्यक्षमा शान्ति शेरचन

रुपन्देही खबर , २८१  पटक हेरिएको

बुटवल, पुस १४

साहित्यिक क्षेत्रमा क्रियाशिल महिला स्रष्टाहरुलाई संगठित र नया युवा पिढिलाइ आर्कषण गर्ने उदेश्यका साथ नारी स्रस्टाहरुको साहित्यिक सस्था नारी साहित्य सिर्जना मंच बुटवल गठन गरिएको छ । शुक्रबार बुटवलमा भेला भएका साहित्यकार हरुको भेलाले शान्ति शेरचनको अध्यक्षतामा १३ सदस्यीय समिति चयन गरेको हो । जसको उपाध्यक्षमा सुनिता प्रतिबिम्ब, सचिव प्रतिमा गौतम, कोषाध्यक्ष सरस्वती ढुगाना, सहसचिव साधना भण्डारी तथा सदस्यहरुमा घर्मी शाक्य, विजया पौडेल, दुर्गा पौडेल, सुमीना, रिजन बज्राचार्य, कमला घिमिरे, ओमी पुन र रमा जैशी रहनु भएको छ । संस्थाको संरक्षक साहित्यकार काजी रोशन रहेका छन ।

यसैबिच कवि शान्ती शेरचनको कविता संग्रह ‘मनको साथी’ को चर्चा एवं साहित्यिक भेटघाट कार्यक्रम सम्पन्न भएको छ । साहित्यिक संस्था समन्वय समिति नेपालको आयोजनामा कार्यक्रम भएको हो । कार्यक्रममा बोल्दै साहित्यकार काजी रोशनले महिला साहित्यकार जन्माउने गरि संस्थागत रुपमा कार्यक्रमलाई गर्न सुझाव दिनु भएको छ । निरन्तर चल्ने कबि सम्मेलन, गोष्ठी र सेमीनार नै नया सृजना उत्पादनको आधार भएको बताउदै साहित्यिक पुस्तक बिमोचन गर्न काठमाडौ नै जाने प्रचलनको अन्तय गर्नुपर्नेमा जोड दिनु भएको छ ।

कार्यक्रममा आफुले नेतृत्व गरेको संस्थालाई बलियो बनाएर साहित्यमा रुचि जगाउने गरि कार्यक्रमहरु गर्ने प्रतिवद्धता जनाउनु भएको छ । कार्यक्रममा साहित्यिक सस्था समन्वय समितिका अध्यक्ष काजी रोशन , भूपि स्मृति प्रतिष्ठानका अध्यक्ष शिव प्रसाद शेरचन, वरिष्ठ पत्रकार एवं लेखक मदनलाल पौडेल, समाजसेवी मृगेन्द्र शेरचन, पत्रकार सुनिता चुदाली, समाजसेबी ओमि पुन, साहित्यकार एवं लेखक दुर्गा पौडेलले शान्ती शेरचनको कविता संग्रहबारे चर्चा गर्नु भएको थियो ।

प्रकाशित मिति: २०२३-१२-३० , समय : ०९:५५:२४ , ९ महिना अगाडि