ब्यवसायीक र बैज्ञानिक शिक्षा हुनुपर्ने : लुम्बिनी प्रदेश प्रमुख शेरचन

प्रकाश न्यौपाने , १९०  पटक हेरिएको

नवलपरासी,पुस १६

लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले स्वार्थ समुहका कारण शिक्षा ऎन आउन नसकेको बताउनु भएको छ । केहि स्वार्थ राख्ने मान्छे राजनीतिमा आएको बताउदै उहाले स्वार्थ लिएर आएको मान्छेले चुनाव जित्ने र आफुलाइ अनुकुल हुने गरि निति खोज्ने गरेका कारण शिक्षा निति आउन नसकेको शेरचनको भनाइ छ ।

नेपालमा पन्चायत काल देखी शिक्षा र स्वास्थ्यको क्षेत्रमा निजि लगानी सुरु भएको बताउदै उहाले -” अहिले खुल्ला अर्थ निति भन्दै हिड्ने र स्वार्थ राख्ने समुहले राज्यका नितिमा हस्तक्षेप बढाएको छ । नागरिकको नैसर्गिक अधिकारको रुपमा शिक्षा र स्वास्थलाई लिएर राज्यले निशुल्क प्रदान गर्नु पर्छ ।”

विद्यालयमा विद्यार्थीहरुको सख्या घट्नुको कारण शिक्षा प्रणालीमा केहि कमजोरी रहेको बताउदै उहाले अहिले नेपालमा चलिरहेको शिक्षा भारतको उपनिबेसमा लादिएको शिक्षा रहेको शेरचनको भनाइ छ । नेपालमा ब्यवसायीक र बैज्ञानिक शिक्षा हुनु पर्ने बताउदै उहाँले व्यवसायीक शिक्षा निति नहुदा शैक्षिक बेरोजगार बढेको उहाको भनाइ छ । पश्चिम नवलपरासी बर्दघाट ०९ मा रहेको राजा महात्मा पुर्ण भद्र माध्यमिक विद्यालयको स्वर्ण महोत्सवलाई आइतबार सम्बोधन गर्दै उहाले जनताले चाहेको र राज्यले खोजेको शिक्षा निति जसरी पनि घोषणा गर्नु पर्ने आजक आवश्यकता रहेको शेरचनले उल्लेख गर्नु भयो ।

पुर्व स्वास्थ्य मन्त्री हृदयेश त्रीपाठीले देशको शिक्षा प्रती विश्वास घटिरहेको बताउदै शिक्षा नितिको समिक्षा गर्नु पर्ने बताउनु भयो । देशको शिक्षा निति र स्वास्थ नितिमा पुनर्बिचार गर्नु पर्ने बताउनु भयो ।

प्रतिनिधि सभा सदस्य सरिता भुसालले अहिलेको शिक्षा नितिले उत्पादन गरेका विद्यार्थी कस्ता छन कहाँ छन भन्ने भन्ने कुरा गम्भीर भएर सोच्न पर्ने बताउनु भयो । अहिलेको शिक्षा नितिका बिषयमा सदनमा शिक्षा बिधेयक पेस भएको, शिक्षा बिधेयक कस्तो बनाउने भन्ने बिषयमा गम्भीर भएर बुझ्नु पर्ने बताउनु भयो ।

नेकपा एमालेका जिल्ला उपाध्यक्ष डोलराज भण्डारी, नेपाली काङ्ग्रेसका जिला सचिब कुलदिप आचार्य, संविधान सभा सदस्य सीता बौडेल, बर्दघाट नगर प्रमुख शम्भुलाल श्रेष्ठ, बर्दघाट नगरका पुर्व प्रमुख घिरज शर्मा बस्याल, प्रमुख जिल्ला अधिकारी सुरेश पन्थी, सघ सस्थाको तर्फबाट इन्देणी सामाजिक बिकास मञ्चका कार्यकारी बद्री प्रसाद सुबेदी, नेपाल शिक्षक महासङ्ग बर्दघाटका अध्यक्ष सभ्यता प्रसाइ, वडा अध्यक्षहरुको तर्फबाट वडा नम्बर ८ का वडा अध्यक्ष कबिराज आचार्यलगायतले बोल्दै शैक्षिकस्तर उकास्नका लागी लाग्नु पर्ने बताउनु भयो ।

स्वर्ण महोत्सव मुल आयोजना समिति संयोजक बिक्रम खनालको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्र कान्त चापागाईं, कार्यक्रम संचालन प्रध्यानाध्यापक पुस्पराज अधिकारीले गर्नु भएको छ ।

प्रकाशित मिति: २०२४-०१-०१ , समय : ०६:०३:५२ , ७ महिना अगाडि