तिलोत्तमा १३ मा सम्पन्न तारा खेलको उपाधि नेपाल छन्त्याल आर्चरी क्लब ढवाहलाई

पार्वती थारु , २८३  पटक हेरिएको

तिलोत्तमा,पुस १६

रुपन्देहीको तिलोत्तमा १३ करौजियामा आइतबार सम्पन्न भएको तारा खेलको उपाधि नेपाल छन्त्याल आर्चरी क्लब ढवाहले जितेको छ । यस्तै देवदह आर्चरी क्लब खैरेनी दोस्रो र सैनामैना आर्चरी क्लब तेस्रो भएको हो । विजेता टिमलाई क्रमशः ट्रफी र नगदले सम्मान गरिएको थियो । यस्तै खेल अवधिभर उत्कृष्ट निशाना लगाउने देवदह आर्चरी क्लबका लक्ष्मण सिन्किजाले सर्वोउत्कृष्ट खेलाडी र सर्वोउत्कृष्ट गोल हान्ने खेलाडी घोषित भएका छन् । उनलाई नगदले सम्मान गरिएको थियो ।

खेलको समापन कार्यक्रममा वोल्दै सगरमाथा तारा समितिका अध्यक्ष चिन्ता वहादुर गुरुङले तारा खेल ऐतिहासिक खेल भएको बताउनु भयो । परम्परादेखि चलिआएको धनुष वाण खेल अहिले आएर तारा खेलको रुपमा लोकप्रिय बन्दै गएकोमा खुसी व्यक्त गर्नु भयो । उहाँले तारा खेलको लागी र्पयाप्त मात्रामा स्रोत साधनको आवश्यकता रहने हुदा सम्बन्धित निकायको ध्यान तारा खेलतर्पm जान निकै आवश्यक भएको बताउनु भयो । अध्यक्ष गुरुङले तारा खेलको संरक्षण र प्रवर्धन गर्नुपर्नेमा जोड दिनु भएको थियो । यस्तै नेपाल छन्त्याल संघ केन्द्रिय समितिका सदस्य योगेन्द्र छन्त्यालले खेलाडीहरु देशको गहना भएको बताउदै रुपन्देहीमा यस्ता खेलाडीहरु हुनुमा गर्वको कुरा रहेको बताउनु भयो ।

तारा खेल तिर हान्ने खेल भएकाले सुरक्षित ठाउँ र आवश्यक स्रोत साधन व्यवस्थापनको अति नै आवश्यकता रहेकाले स्थानीय, संघ र प्रदेश सरकारको ध्यान जान जरुरी रहेको बताउनु भयो । कार्यक्रममा सगरमाथा तारा समितिका अध्यक्ष चिन्त वहादुर गुरुङ., विश्व शान्ति महाज्ञान वौद्ध गुम्वा करौजियाका अध्यक्ष नन्द प्रसाद गुरुङ, नेपाल छन्त्याल संघ केन्द्रिय समितिका सदस्य योगेन्द्र छन्त्याल, झमबहादु गुरुङ , नारायण सिंह पुनको विशेष उपस्थिति रहेको थियो । यसैगरी देवदह र्आचरी कल्बका लक्ष्मण सिन्किजा, देवदह र्आचरी कल्बका धापन कमल थापा, सगरमाथा र्आचरी कल्बका धापन तेजनारायाण चौधरी , सैनामैना र्आचरी कल्बका धापन दिलु थापा, नेपाल छन्त्या र्आचरी कल्बका अध्यक्ष जितबहादुर छन्त्याल लगायत खेलाडीहरुको उपस्थिति रहेको थियो ।

सगरमाथा तारा समिति तिलोत्तमा १३ करौजियाको आयोजनामा ३ दिनसम्म सन्चालन भएको तारा खेलमा ७ समुहको सहभागीता रहेको थियो ।

प्रकाशित मिति: २०२४-०१-०१ , समय : १९:०९:११ , १ वर्ष अगाडि