रुपन्देही खबर , ११५ पटक हेरिएको

भैरहवा, भदौ ९
भ्रष्टचार र बित्तीय ज्यादतीका बिरुद्ध तथा धर्म संस्कृति रक्षाको लागि भैरहवामा बिरोध सभा भएको छ । स्वतन्त्र तथा राष्ट्रवादी युवा समुह रुपन्देही तथा रुपन्देही नागरिक समाजले शनिवार संयुक्त नागरिक बिरोध सभा गरेको हो । बिरोध सभामा बोल्दै स्वतन्त्र तथा राष्ट्रवादी युवा समुह रुपन्देहीका अध्यक्ष एवम शिव सेना नेपाल रुपन्देहीका प्रवक्ता शिव बस्यालले देश र धर्मलाई युवाले नै बचाउनु पर्ने बताउनु भएको छ । उहाले सनातनी धर्म नै ओझेलमा परेको बताउदै यसको संरक्षण र देशमा भएका बिभिन्न किसिमका ज्यादती तथा भ्रष्टचार बिरुद्ध आफुले अभियान नै संचालन गरी लागेको बताउनु भयो । उहाले देशमा भएका भ्रष्ट नेताहरुले गर्दा नै देशको स्थिती नाजुक हुदै गएको उल्लेख गर्नु भयो ।
भ्रष्टचार र बितीय ज्यादतीका बिरुद्ध तथा धर्म संस्कृति रक्षाको लागि यो बिरोध सभाबाट घरमा बसेर मात्र देश र धर्म नजोगिने हुदा यसको लागी बाटोमा उत्रिनु पर्ने बताउनु भयो । उहाले पार्टीको झण्डा बोकेर नेताहरुको गुनगान गाएर मात्र देश नजोगिने भएकोले त्यसलाई परित्याग गरी देशको झण्डा बोकेर आफनो धर्मलाई पार्टी भन्दा माथि राखेर धर्म रक्षाको लागी सडकका उत्रिन आग्रह गर्नु भएको छ । उहाले यो देश एक जनाको मात्र नभइ सबैको भएकोले यस बिषयमा मनन गर्न जरुरी रहेको उल्लेख गर्नु भयो । उहाले देशभित्र चलखेल गरिरहेका बिदेशी दलाल र भ्रष्टचारीहरुलाई सडकमा उतारेर कारवाही गर्ने समय आउने समेत बताउनु भयो । कार्यक्रममा सरोकारवाला ब्यक्तित्व तथा भैरहवाका युवाहरुको उल्लेख्य सहभागिता रहेको थियो ।
प्रकाशित मिति: २०२४-०८-२५ , समय : २१:०६:११ , १२ महिना अगाडि