धनी राम कोरी , ७३१ पटक हेरिएको
ताैलिहवा , असार २०
कपिलवस्तु जिल्लाकाे धराेहरका रुपमा रहेको कपिलवस्तु बहुमुखी क्याम्पसमा ४ चाैथाे बर्षमा अध्ययनरत विद्यार्थीकाे लागि अभ्यास शिक्षण अभिमुखीकरण चालु गरिएकाे छ ।
चार बर्षे वि.एड. अन्तर्गत चाैथाे बर्षमा अध्ययनरत विद्यार्थीहरुले सम्पन्न गर्नु पर्ने प्रयाेगात्मक अभ्यास अभ्यास (एड.४४०) कार्यकाे अभिमुखीकरण कार्यक्रम चालू गरिएको छ । अभिमुखीकरण कार्यक्रम मंगलबार पनि सन्चालन हुनेछ ।
कार्यक्रममा बाेल्दै कपिलवस्तु बहुमुखी क्याम्पसका प्रमुख डा. विनय पाण्डेयले बोल्दै शिक्षण पेसा सबैभन्दा सम्मानित पेसा रहेको बताउनु भएको छ। खास गरेर शिक्षा संकाय बाट पढेका विद्यार्थीहरु असल शिक्षक बन्छन् । चाैथाे बर्षमा अध्ययनरत विद्यार्थीहरुकाे अन्तिम बर्ष भएको हुनाले विद्यार्थीहरुकाे उज्ज्वल भविष्यकाे कामना पनि व्यक्त गर्नु भएको छ ।
कपिलवस्तु बहुमुखी क्याम्पसकाे अभ्यास शिक्षण समितिका प्रमुख टीका राम ज्ञवालीले विद्यार्थीहरुकाे लागि अभ्यास शिक्षण धेरै महत्त्वपूर्ण रहेको र सिकेको कुरालाई व्यवहारमा उतार्नका लागि विद्यार्थीहरुलाई आग्रह समेत गर्नु भएको छ ।
कार्यक्रममा कपिलवस्तु बहुमुखी क्याम्पसका प्रमुख डा. विनय पाण्डेय , अभ्यास शिक्षण समितिका प्रमुख टीका राम ज्ञवाली , कृष्णराज शर्मा , वरिष्ठ प्राध्यापक भक्तिराम पन्थी , हाेतराज खनाल र विद्यार्थीहरुकाे सहभागीता रहेको थियो ।भने प्राध्यापक तुलसी खनालले कार्यक्रम संचालन गर्नु भएको थियो ।
प्रकाशित मिति: २०२२-०७-०४ , समय : २२:२३:१२ , ३ वर्ष अगाडि