ओमसतिया उपाध्यक्ष कप महिला भलिबल प्रतियोगिताको उपाधी वार्ड नम्बर २ लाई

रुपन्देही खबर , १७६  पटक हेरिएको

भैरहवा,बैशाख २७

ओमसतिया गाउँपालिकाको आयोजनामा भएको उपाध्यक्ष कप महिला भलिबल प्रतियोगिताको उपाधी वार्ड नम्बर २ ले जितेको छ । शुक्रबार सम्पन्न फाइनलमा वार्ड नम्बर २ ले वार्ड नम्बर ३ लाई २ –० को सेटमा हराउदै उपाधी जितेको हो ।

उपाधीका लागि पहिलो सेट १७–२५ अन्कले जितेको वार्डले दोश्रो सेट १७–२५ अन्कले जितेको हो । उपाधी जित सङै वार्ड नम्बर २ ले नगद ५० हजार रुपैयाँ , ट्रफि र पदक प्राप्त गर्यो भने उप बिजेता रहेको वार्ड नम्बर ३ ले ३० हजार रुपैयाँ , ट्रफी र पदक प्राप्त गर्यो ।

त्यसै गरि सुक्रवार नै सम्पन्न तेस्रो स्थानका लागि भएको खेलमा वार्ड नम्बर १ बिटिमले गाउँपालिका टिमलाई हराउदै नगद १५ हजार ,ट्रफि र पदक प्राप्त गर्यो । प्रतियोगितामा सर्बोत्कृस्ट खेलाडी घोषित हुँदै पुजा थारु ले नगद ५ हजार प्राप्त गरेका छ्न ।

बिजयी तथा उपबिजयी खेलाडीहरुलाई प्रमुख अतिथी गाउपालिका अध्यक्ष मन्जित यादव सोनु, उपाध्यक्ष एवम प्रतियोगिता सन्योजक सुनिता चौधरी, प्रमुख प्रसासकिय अधिकृत कृष्ण प्रसाद पन्थी , प्रसासन महाशाखा प्रमुख रुपा थापा राउत लगायतले नगद, ट्रफी पदक प्रदान गरे । हाटी फर्साटिकर स्थित गाउँ पालिका भवनको प्राङ्गणमा रहेको भलिबल मैदानमा सम्प्न्न खेलमा ७ टिमको सहभागिता थियो।

प्रकाशित मिति: २०२५-०५-१० , समय : ०६:२४:३९ , २ महिना अगाडि