उर्मिला यादव , ११७ पटक हेरिएको

भैरहवा, जेठ ३
रुपन्देहीको भैरहवामा रुपन्देही क्षेत्र नम्बर ३(१) अन्र्तगत प्रथम माननीय कप क्रिकेट प्रतियोगिता हुने भएको छ । युवाहरुको खेलकुद प्रतिको आकर्षण बढाउन, युवाहरुबीच सकारात्मक सोच विकास गर्न र ब्यवसायिक क्रिकेट खेलाडी उत्पादन गर्ने उदेश्यका साथ यहि जेठ ४ गतेदेखि ८ गते सम्म भैरहवाको सिद्धार्थ क्रिकेट रङ्गशालामा प्रथम माननीय कप क्रिकेट प्रतियोगिता हुन लागेको हो
शुक्रबार भैरहवामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै सामाजिक विकास डिभिजन कार्यालय रुपन्देहीका प्रमुख हरि बहादुर बिष्टले रुपन्देही क्षेत्र नम्बर ३(१) का प्रदेश सभा सदस्य सन्तोष कुमार पाण्डेको विशेष पहलमा माननीय कप क्रिकेट प्रतियोगिता हुन लागेको जानकारी दिनु भएको छ। उहाले क्षेत्र नम्बर ३(१) अन्र्तगत रहेका १८ वटा वडा, कर्मचारी र सन्चारकर्मी गरि २० वटा टोली विच प्रतियोगिता हुने जानकारी दिनु भएको छ । उहाले टेनिस बलले १० ओभरको खेल खेलाइने बताउनु भयो ।
पत्रकार सम्मेलनमा बोल्दै रुपन्देही क्षेत्र नम्बर ३(१) का प्रदेश सभा सदस्य सन्तोष कुमार पाण्डेले बोल्दै रुपन्देहीको भैरहवा क्रिकेटको उर्वरा भुमि भएको बताउनु भएको छ । उहाले खेलाडी उत्पादनसंगै युवाहरुलाई दुव्र्यसनबाट जोगाउन र खेल पर्यटनबाट यस क्षेत्रको विकास गर्न सकिने उदेश्य सहित प्रतियोगिताको आयोजना गरिएको बताउनु भयो । उहाले खेलाडीका लागी प्रदेशको गरेको लगानी, प्रदेश सरकार खेलाडीको साथमा रहेको बताउदै प्रदेशको उपस्थिति देखाउनलाई भए पनि खेलको आयोजना गरिएको उल्लेख गर्नु भयो ।
उहाले खेलाडीले क्रिकेटका माध्यमबाट नेपाललाई पर्यटनका रुपमा बिश्वमा चिनाइ सकेको बताउदै यसलाई अझै ब्यवस्थित गर्दै लैजाने प्रतिबद्धता गर्नु भएको छ ।
पत्रकार सम्मेलनमा रुपन्देही क्रिकेट संघका अध्यक्ष हरि बहादुर थापाले आगामी दिनमा क्रिकेट संघसंग सहकार्य गर्न आग्रह गर्नु भएको छ । उहाले भैरहवामा प्रथम माननीय कप क्रिकेट प्रतियोगिता हुनु नै एक उदाहरणीय काम भएको बताउनु भएको छ । प्रतियोगितामा प्रथम हुने टोलीले नगद ५१ हजार, द्धितीयले २५ हजार प्राप्त गर्नेछन भने उत्कृष्ट हुने खेलाडीलाई नगद २ हजार एक सय रुपैया सहित मायाको चिनो पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।
प्रकाशित मिति: २०२५-०५-१७ , समय : ०७:३३:०६ , १० घन्टा अगाडि