रुपन्देही खबर , ११९ पटक हेरिएको

भैरहवा,जेठ २०
सिद्धार्थ सञ्जाल रुपन्देहीले यातायात व्यवसायीका जायज माग पूरा गर्न सरकारसँग आग्रह गरेको छ । सञ्जालले व्यवसायीका जायज मागहरु यथाशिघ्र वार्ताद्वारा सम्बोधन गरी निकाल्न निकाल्न नेपाल सरकार र गण्डकी प्रदेश सरकारसँग आग्रह गरेको हो ।
सञ्जालका अध्यक्ष अनिल कुमार ज्ञवालीले सोमबार विज्ञप्ती जारी गर्दै सार्वजजिक यातायात बन्दले उद्योग, व्यापार, पर्यटन, यातायातमा नराम्रो असर पर्ने बताउनुभएको छ ।‘देशको यस्तो पीडादायी अवस्थामा पनि केही उद्योग, व्यापार, पर्यटन व्यवसायले अलिअलि गति लिन सुरुवात गरेको समयमा फेरी कहिले राजनैतिक खिचातानी, त कहिले विभिन्न बहानामा विभिन्न पक्षका आन्दोलनले गर्दा भयावह अवस्था नआउला भन्न सकिदैन, ’विज्ञप्तीमा उल्लेख छ । आ–आफ्ना व्यापार, व्यवसाय लगायत पेशागत हकहितको माग राख्नु जायज भएको सञ्जालको भनाइ छ ।
अनिश्चितकालीन बन्द थालेका यातायात व्यवसायीले विभिन्न ७ बुँदे माग अघि सारेका छन् ।
प्रकाशित मिति: २०२५-०६-०३ , समय : ०६:१२:५६ , ३ दिन अगाडि