रामनरेश आर्दश नमुना मा.बि.मा शिक्षक छनोट प्रक्रियामा गम्भिर लापरवाही

नियोजित चलखेलको संकेत रहेको भन्दै सामाजिक संजालमा चर्काे आलोचना

रुपन्देही खबर , १९६  पटक हेरिएको

भैरहवा, जेठ २८

रोहिणी गाउपालिका ३ धकधईमा अवस्थित श्री रामनरेश आर्दश नमुना माध्यमिक बिद्यालयमा शिक्षक छनोट प्रक्रियामा गम्भिर अनियमितता गरेको स्थानियले आरोप लगाएका छन । उनीहरुले विद्यालयको लेटर प्याड प्रयोग गरी सार्वजनिक गरिएको सूचनामा पटकपटक फरक फरक विवरण उल्लेख गरिएकाले यसमा आर्थिक चलखेल भएको आशंका गर्दै आरोप लगाएका छन । शिक्षक छनोटका लागि पहिलोपटक प्रकाशित सूचनामा सुनिता चौहानलाई सफल उम्मेदवारका रुपमा उल्लेख गरिएको थियो तर त्यसपछि फेरि अर्को सूचना प्रकाशन गरी चौहानलाई वैकल्पिकमा राख्दै मोबिना खातुनलाई सफल घोषित गरिएको छ। एउटै मितिमा फरक फरक सूचना प्रकाशन हुनु विद्यालय प्रशासनको गम्भीर लापरवाही वा नियोजित चलखेलको संकेत रहेको भन्दै सामाजिक संजालमा चर्काे आलोचना गरिएको छ ।

 

स्थानियले शिक्षकको छनोट जस्तो गम्भीर विषयमा समेत आर्थिक लेनदेन हुने गम्भीर आशंका गरेका छन । विशेष गरी तराईका जिल्लाहरूमा राहत, करार, दरबन्दी र अस्थायी शिक्षक नियुक्तिमा ठूलो रकम माग्ने चलन पुरानै भएपनि अझै कायमै रहेको आरोप लाग्दै आएको छ । यसअघि तत्कालै शिक्षामन्त्री सुमोना श्रेष्ठले शिक्षक नियुक्ति र सरुवा प्रक्रिया रोकेर सुधारको प्रयास गर्नुभएको थियो तर जडेवा संरचना र राजनीतिक पहुँचले गर्दा गाउँँगाउँका विद्यालयहरूमा अझै नियुक्ति प्रक्रियामा आर्थिक चलखेल रोकिएको छैन। त्यही कारणले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बन्न समेत संसद चुनाव जत्तिकै खर्च गर्ने प्रविधि तराईमा व्यापक रूपमा देखिएको छ । स्थानीय तह सम्बन्धित निकायहरूले यस्ता अनिमियततामाथि तत्काल छानबिन गरी दोषीमाथि कारबाही गर्नुपर्ने माग स्थानीय स्तरमा उठ्न थालेको छ।

यता बिद्यालयले आज बुधबार प्रेस बिज्ञप्ती जारी गर्दै बिद्यालयमा अंग्रेजी माध्यम तर्फ आवश्यक निजी स्रोत करार शिक्षकको लागी भएको नियमनानुसारको बिज्ञापनमा दरखास्त बुझाएको उम्मेदवारको लिखित तथा अन्तरवार्ता परीक्षा गत जेठ २३ गते अन्तिम नतिजा प्रकाशन गर्दा प्रा.बि. तहको सफल भएको उम्मेदवारको बैकल्पिक र बैकल्पिक भएको उम्मेदवारको सफल लेखिन गएकोले जेठ २७ गते सामाजिक संजालमा २ वटा लेटरहेड प्रयोग गरी २ वटा फरक नतिजा देखिएको जनाएको छ । बिद्यालयका प्रधानाध्यापक अब्दुल हलिम खां द्धारा हस्ताक्षरित बिज्ञप्तीमा २ वटा फरक नतिजा देखिएकोले बिभिन्न ब्यक्ति र संस्थाहरुबाट फरक फरक बिचार आएको र प्रत्यारोप लगाउने कार्य भएकोले प्रकाशित भएको नतिजामा बिद्यालय ब्यवस्थापन समिती, कुनै संगठनको दबाब वा अन्य कसैको मिलोमतोमा नभई मानवीय त्रुटीका भएको बताउनु भएको छ ।

प्रकाशित मिति: २०२५-०६-११ , समय : २२:०९:५५ , २ हप्ता अगाडि