रुपन्देही खबर , ५८ पटक हेरिएको

भैरहवा, असार २०
नेपाली कांग्रेसका पूर्व सभापति तथा पूर्व प्रधानमन्त्री शिखर पुरुष गिरिजा प्रसाद कोइरालाको १०१औं जन्मजयन्तीको अवसरमा नेपाली कांग्रेस क्षेत्र नं. ३, रूपन्देहीले मायादेवि गा.पा.–८, लुम्बिनी सडकमा अवस्थित सिद्धार्थ बालगृहमा ‘खाना खुवाउने तथा सिलाई मेसिन हस्तान्तरण कार्यक्रम’ गरेको छ । नेपाली कांग्रेस रुपन्देही क्षेत्र नं ३ का क्षेत्रीय सभापति युवा नेता सुशील गुरुङ्गको सभापतित्व तथा नेपाली कांग्रेस रुपन्देहीका जिल्ला सभापति तथा तिलोत्तमा नगरपालिका नगर प्रमुख रामकृष्ण खाणको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।
कार्यक्रममा प्रमुख आतिथी खाणले गिरिजा प्रसाद कोइरालाको ०६२÷०६३ को जनआन्दोलनमा गरेको नेतृत्व, नेकपा माओवादीलाई शान्ति प्रक्रियामा ल्याउनु, गणतन्त्रको स्थापना, सेनालाई संसद मातहतमा ल्याउन तथा नयाँ संविधान जारी गर्नमा गरेको योगदानको बारेमा आफ्ना भनाई राख्नुभएको थियो ।
कार्यक्रममा लुम्बिनी प्रदेशसभाका सदस्य माननीय देवि प्रसाद चौधरी, सिद्धाथनगर नगरपालिकाका नगर प्रमुख इस्तियाक अहमद खान, संविधानसभा सदस्य जन्नतुन निशा धुनिया, पार्टीका जिल्ला सहसचिव विष्णु थापा, बालगृहका सञ्चालिका कृष्ण माया गुरुङ्ग, सिनपा वडा नं. १० का वडा सभापति तथा पुर्व वडा अध्यक्ष विजयनाथ धवलले नेपालको राजनीतिमा गिरिजा प्रसाद कोइरालाको महत्व, वहाँको अडान, दुरदर्शिता, नेपाली कांग्रेसको संगठनमा वहाँले पारेको प्रभाव सम्बन्धमा धारणा राखेका थियो । साथै सो कार्यक्रममा बालगृहलाई व्यवस्थित बनाउन जग्गा ब्यवस्थापनका लागि पहल गर्ने समेत जनप्रतिनिधिहरुले प्रतिबद्धता प्रकट गरेको थियो ।
कार्यक्रममा बालगृहको सञ्चालनमा सहज होस् भनेर नेपाली कांग्रेस रुपन्देही क्षेत्र नं ३ ले नगद १५ हजार ५ सय ५५ रुपियाँ र सहसचिव विष्णु थापाले ५ हजार १ सय रुपियाँ प्रदान गरेको थियो ।
कार्यक्रममा जिल्ला समन्वय समिति, रुपन्देहीका प्रमुख उमाकान्त चापाँगाई, महासमिति सदस्य लक्ष्मण सुवेदी, पुर्व महासमिति सदस्य माधवी शर्मा, दल बहादुर वि.क., महाधिवेशन प्रतिनिधि महेन्द्र कुमार श्रेष्ठ, दिपेन्द्र बुढाप्रिति, जिल्ला सदस्य ओम कुमार श्रेष्ठ, सतिस चौधरी, मोहम्मद सलिम, क्षेत्रीय सचिव भवानी शर्मा, कोषाध्यक्ष कृष्ण खनाल, क्षेत्रीय सहसचिव कुल प्रसाद न्यौपाने, चिरिन्जीवी ढकाल, क्षेत्रीय सदस्य योगेन्द्र पाण्डे, शोभा आचार्य, इन्दिरा के.सी., सरस्वती श्रेष्ठ, केशव अधिकारी, घनश्याम यादव, रामवृक्ष यादव, प्रदेशका उपसभापति गोविन्द बस्याल, कोषाध्यक्ष दिपक कँुवर, नगर उपसभापति देवराज न्यौपाने, नगर सचिव अनिल के.सी., सिनपा ५ का वडा अध्यक्ष पुरन प्रसाद श्रेष्ठ, सिनपा ६ का वडा अध्यक्ष विरेन्द्र श्रीवास्तव, सिनपा ७ का वडा अध्यक्ष दामोदर शर्मा, ओमसतिया २ का वडा अध्यक्ष शित्तल जिटी, मायादेवि ८ का सभापति तिल बहादुर रायमाझी, ओमसतिया २ का सभापति फत्तुराम भण्डारी, सिनपा १ का सभापति मोहनसिंह शाही, सिनपा ६ का राम बहादुर गुरुङ्ग, सिनपा ७ का सभापति भविलाल पौडेल, सिनपा ८ का सभापति टंक ज्ञवाली, सिनपा ९ का सभापति श्याम खनाल, सिनपा १२ का सभापति हरिराज विष्ट, सिनपा १३ का सभापति प्रकाश बहादुर सिंह खड्का, नेता कुमार के.सी., पशुपति न्यौपाने, सलोजा सेन्चुरी, जनप्रतिनिधि निलु श्रीष, अनिल गुरुङ्ग, सुनिता रजक, पल्लवी न्यौपाने, जनजाती नेता जितु गुरुङ्ग, राजु गुरुङ्ग, राकेश गुरुङ्ग, रामप्रसाद सापकोटा, माधव शर्मा लगायतको सहभागिता रहेको थियो । कार्यक्रम नेपाली कांग्रेस क्षेत्र नं. ३ ‘क’ का सभापति सुरेन्द्र जंग थापाको स्वागत, क्षेत्र नं. ३ ‘ख’ का सभापति घनश्याम चालिसेको धन्यवाद तथा क्षेत्रीय सचिव लेखनाथ भट्टराईको संचालनमा भएको थियो ।
प्रकाशित मिति: २०२५-०७-०४ , समय : ०७:०८:३७ , १५ घन्टा अगाडि