सिसास भैरहवाको २५८औं नियमित मासिक साहित्यिक सङ्गम सम्पन्न

रुपन्देही खबर , ११९  पटक हेरिएको

भैरहवा, असार २२

सिर्जनशील साहित्यिक समाज (सिसास)भैरहवा , रूपन्देहीको २५८औं नियमित मासिक साहित्यिक सङ्गम तथा “राराको डिलमा“ नियात्रा सङ्ग्रहको परिचर्चा कार्यक्रम भैरहवामा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष सरू ज्ञवालीको अध्यक्षता तथा वरिष्ठ साहित्यकार वनमाली निराकारको प्रमुख आतिथ्यतामा शनिबार एक कार्यक्रमका बिच मासिक साहित्यिक सङ्गम तथा प्रा.डा.कपिल लामिछानेको “राराको डिलमा“ नियात्रा सङ्ग्रहको परिचर्चा कार्यक्रम सम्पन्न भएको हो ।


कार्यक्रममा विशिष्ट अतिथि नियात्राकार प्रा.डा.कपिल लामिछाने , प्राज्ञ बूँद राना संस्थाका विशिष्ट सदस्य काजी रोशन तथा पोखराथोक साहित्य सङ्गमका पूर्व अध्यक्ष कृष्णप्रसाद कोइराला, सिसासका पूर्व अध्यक्ष छवि ज्ञवाली, पूर्व अध्यक्ष तथा वर्तमान सल्लाहकारहरू नारायणप्रसाद भण्डारी र कमल पोख्रेल ’निश्छल’को उपस्थिति रहेको कार्यक्रममा इतिहासकार तथा संस्कृतिविद् विजय सागरले “राराको डिलमा“ नियात्रा सङ्ग्रहको समीक्षा गर्नुभएको थियो ।

भने विभिन्न साहित्यिक स्रष्टाहरूले गीत, कविता , मुक्तक , लघुकथा, गजल वाचन गरेका थिए । कार्यक्रममा साहित्यकारहरू ठाकुरचन्द्र शर्मा, रूद्र ज्ञवाली, रमेश समर्थन, खगेन्द्र बस्याल,सोनु गुरुङ , अनमोल शर्मा,तिलक लामिछाने, लक्ष्मीप्रसाद अधिकारी, सीता काफ्ले, कमला भण्डारी ढकाल, दीपक प्रधान, रामप्रसाद बस्याल,,निमा डि.सि., लता प्रधान ,तुल्सीराम ढकाल, राधा भट्टराई, गङ्गा घिमिरे ,शान्ता अर्याल, दुर्गा कोइराला,हिमाल बरुवाल,सुनिता गुरुङ लगायतको उपस्थिति रहेको थियो । सिसासका उपाध्यक्ष विष्णुप्रसाद गजुरेलको स्वागत मन्तब्य रहेको कार्यक्रमको सञ्चालन सिसासका सचिव रामराज गौतमले गर्नुभएको थियो ।

 

 

प्रकाशित मिति: २०२५-०७-०६ , समय : १३:४७:५० , १३ घन्टा अगाडि