राष्ट्रपतिद्वारा तीन वटा विधेयक प्रमाणीकरण

रुपन्देही खबर , १५९  पटक हेरिएको

काठमाण्डाै , असार ३०

राष्ट्रपति रामचन्द्र पौडेलले तीन वटा विधेयक प्रमाणीकरण गर्नुभएको छ । उहाँले सङ्घीय संसद्को दुवै सदनका बैठकबाट पारित भएका तीन वटा विधेयक आज प्रमाणीकरण गर्नुभएको हो ।

नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम राष्ट्रपति पौडेलले आर्थिक वर्ष २०८२/८३ को सेवा र कार्यका लागि सङ्घीय सञ्चित कोषबाट रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, नेपाल सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक र राष्ट्र ऋण उठाउने अधिकारको व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: २०२५-०७-१४ , समय : २०:२१:११ , २२ घन्टा अगाडि