नेपालले श्रीलङ्कालाई दाेस्राे खेलमा पनि ७ गाेलले हरायाे

रुपन्देही खबर , १०४  पटक हेरिएको

काठमाण्डाै ,साउन १

 

बङ्गलादेशमा चलिरहेको २० वर्षमुनिको साफ महिला च्याम्पियनशिपमा नेपालले श्रीलङ्कालाई दोस्रो खेलमा पनि हराएको छ । ढाकाको बसुन्धरा स्पोर्ट्स मैदानमा आज भएको खेलमा नेपालले श्रीलङ्कालाई ७–० गोलले हरायो । पहिलो हाफमा ४ गोल गरेको नेपालले दोस्रो हाफमा ३ गोल थप्यो । नेपालका लागि समीक्षा मगरले २ तथा पूर्णिमा राई, कुसुम खतिवडा, सरिता नाथ र बिर्सना चौधरीले १/१ गोल गरे । नेपालले १ गोल उपहार पाएको थियो ।

प्रतियोगिताको यसअघिको भेटमा पनि नेपालले श्रीलङ्कालाई ७–० ले हराएको थियो । यस्तै नेपालले पहिलो खेलमा भूटानलाई ६–१ ले हराएको थियो भने दोस्रो खेलमा बङ्गलादेशसँग ३–२ ले पराजित भएको थियो । यो जीतसँगै नेपाल ४ खेलमा ९ अङ्कसहित गोल अन्तरका आधारमा तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । बङ्गलादेश ३ वटै खेल जित्दै ९ अङ्कका साथ दोस्रो स्थानमा छ । प्रतियोगितामा आजको दोस्रो खेलमा अहिले बेलुकी पौने ७ बजे भूटान र बङ्गलादेश खेल्दैछन् । सहभागी ४ वटा टोलीले एकअर्कासँग २ पटक खेलेपछि शीर्ष स्थानमा रहने टोली विजेता बन्नेछ ।

प्रकाशित मिति: २०२५-०७-१७ , समय : १८:०९:२३ , २ दिन अगाडि