थाइल्याण्डमा हुने आठौं हिरोज तेक्वान्दो च्याम्पियनसिपमा राकेश यादव सहभागी हुदै

रुपन्देही खबर , १६५  पटक हेरिएको

भैरहवा, साउन १६

यही अगस्ट ८ देखि १० तारिखसम्म थाइल्याण्डमा आयोजना हुने आठौं हिरोज तेक्वान्दो च्याम्पियनसिप २०२५ मा नेपालका अनुभवी प्रशिक्षक राकेश यादवले सहभागीता जनाउने भएका छन् । रुपन्देही जिल्ला तेक्वान्दो संघका सचिव तथा क्रियटिभ तेक्वान्दो डोजाङ्गका मास्टर यादव प्रतियोगितामा अन्तर्राष्ट्रिय निर्णायकको रुपमा सहभागी हुँदै हुनुहुन्छ।

उक्त प्रतियोगितामा विश्वका ३० भन्दा बढी देशका ३ हजार ५ सयभन्दा बढी खेलाडीहरूको सहभागिता रहनेछ । भैरहवा निवासी यादव विगत तीन दशकदेखि तेक्वान्दो क्षेत्रमा सक्रिय रहँदै आउनुभएको छ । उहाँको अनुशासन, लगनशीलता र निष्ठाकै कारण यो अन्तर्राष्ट्रिय अवसर प्राप्त भएको बताइएको छ।

नेपालको तर्फबाट अन्तर्राष्ट्रिय स्तरमा निर्णायकको रूपमा सहभागिता जनाउनुले देशको गौरव बढाउनुका साथै तेक्वान्दो खेलको विकासमा थप योगदान पु¥याउने विश्वास लिइएको छ ।

प्रकाशित मिति: २०२५-०८-०१ , समय : १९:१८:०२ , २२ घन्टा अगाडि