यु.सि.यम.यस.भैरहवाको ‘दिक्षान्त समारोह २०२५’मा १ सय १४ जना विद्यार्थी दिक्षित

रुपन्देही खबर , १८६  पटक हेरिएको

भैरहवा, साउन १९

युनिभर्सल कलेज अफ मेडिकल साइन्स (यु.सि.यम.यस.), शिक्षण अस्पताल, भैरहवाको ‘दिक्षान्त समारोह २०२५’ एक कार्यक्रमका बिच भैरहवामा सम्पन्न भएको छ । समारोहमा प्रमुख अतिथि तथा यु.सि.यम.यस.का प्रमुख कार्यकारी अधिकृत अजय कुमार पि.एस.ले सम्बोधन गर्दै चिकित्सक पेशालाई मात्र व्यवसायिक हैन, मानवीय, सामाजिक र व्यवहारिक गुणले भरिएको बनाउन आग्रह गर्नुभयो। उहाँले चिकित्सकलाई मानव जीवनमा ईश्वरको अर्को रूपका रूपमा हेर्ने गरिएको उल्लेख गर्दै दिक्षित डाक्टरहरू राष्ट्रका अमूल्य गहना भएको धारणा व्यक्त गर्नुभएको थियो ।

समारोहमा २१औं ब्याचका एम.बि.बि.एस. र १८औं ब्याचका बि.डि.एस. तहका गरी जम्मा ११४ जना विद्यार्थीहरू दिक्षित भएका थिए । प्राचार्य प्रा.डा. लक्ष्मी पाठकले विद्यार्थीहरूलाई चिकित्सकीय पेशाप्रति इमानदार र समर्पित रहने गरी सपथ ग्रहण गराउनुभएको थियो ।

कार्यक्रममा सह–प्राचार्य प्रा.डा. हेमन्त हलुवाई, मेडिकल सुपरिन्टेन्डेन्ट प्रा.डा. साधन मुखी, इन्टर्नसिप कोअर्डिनेटर सह–प्रा.डा. रमेशराज विष्ट, प्रा. सन्जित कर, प्रा.डा. दिपक यादव, डा. जिज्ञाशा सुवेदी, प्रमुख वित्त अधिकृत सुरज पौडेल, सहायक प्रशासक प्रेमा गुरुङ, प्रशासन संयोजक तेज कुमार के.सी. लगायतका शिक्षक, कर्मचारी, अभिभावकहरूको सहभागिता रहेको थियो भने दिक्षान्त समारोहमा प्रा.डा. लक्ष्मी पाठक, प्रा.डा. हेमन्त हलुवाई र प्रा.डा. साधन मुखीले सहभागी विद्यार्थीहरूलाई प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।

कार्यक्रमको सञ्चालन दिक्षा थडराई, अनिमेष चौधरी, खुशी तिवारी र फिजा रानाले गर्नु भएको थियो भने विद्यार्थीहरूले सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरेका थिए । वि.सं. २०५४ सालमा स्थापना भएको यु.सि.यम.यस.ले आ.ब. २०८०÷८१ सम्ममा एम.बि.बि.एस.मा २ हजार १ सय ६३ जना र बि.डि.एस.मा ७१३ जना गरी कुल २ हजार ८ सय ७६ जना दक्ष चिकित्सकहरू उत्पादन गरिसकेको तथ्याङ्क सार्वजनिक गरेको छ ।

प्रकाशित मिति: २०२५-०८-०४ , समय : ०८:१७:१५ , १ हप्ता अगाडि