कविता : आमा

गोबिन्द राज ओझा , ६९  पटक हेरिएको

डोटी,साउन ३०

मेरो मन घरको लागि दुखे पनि मेरो आमा
म मेरो कर्तव्यमा केन्द्रित छु आमा
टाढाको मातृभुमिमा पाइला टेकेको छु
म बलियो भएर उभिएर सिमानाको रक्षा गर्नेछु

दुखी नहुनुहोस, चिन्ता नगर्नुहोस आमा
म मेरो कर्तव्यमा केन्द्रित छु आमा
म बलियो रहन्छु
बन्दुक बोकेको छु

कुनै पनि चुनौतीको लागि तयार छु
सधै सतर्क छु
मेरो देशको रक्षा गर्छु
आधिबेहरी र बतासको बिचमा बसेको छु

अपार प्रेमले घेरिएको छ मातृभुमी मेरो
जयजय कार गर्दै छौ मातृभुमिको
आमाबुबाको माया हृदयमा लिएर
बसेको छु तपाईंको स्वास्थको प्राथना गरेर

म अर्को पटक फेरि आउने छु
खुसी साथ बाटोमा हिड्दै छु
तपाईलाई भेटन मेरो प्रिय परिवारको खुसी हेर्न
म आउनेछु आमाको मुहार हेर्न

मेरो मन घरको लागि दुखे पनि मेरो आमा
म मेरो कर्तव्यमा केन्द्रित छु आमा
टाढाको मातृभुमिमा पाइला टेकेको छु
म बलियो भएर उभिएर सिमानाको रक्षा गर्नेछु

लेखक : गोबिन्द राज ओझा (राजन )

प्रकाशित मिति: २०२५-०८-१५ , समय : ०८:१३:३१ , ४ घन्टा अगाडि