मर्चवारीमा विभिन्न पार्टी परित्याग गरी २४ जना भन्दा बढी जनमत पार्टीमा प्रवेश

महिला,युवा,किसान र दलित जनमत संघ पनि गठन

रुपन्देही खबर , १४२  पटक हेरिएको

मर्चवार, भदौ १

डा. सीके राउत नेतृत्वको जनमत पार्टीको संगठन विस्तार अभियानअन्तर्गत रुपन्देहीको मर्चवारी गाउँपालिकामा आयोजित विशेष कार्यक्रममा २४ जना भन्दा बढी व्यक्तिले विभिन्न पार्टी परित्याग गरी जनमत पार्टीमा प्रवेश गरेका छन् ।मर्चवारी गाउँपालिका–३ मा भएको भातृसंगठन एवं संगठन विस्तार कार्यक्रममा महिला, युवा, किसान र दलित जनमत संघ पनि गठन गरिएको छ ।

नवगठित संघको अध्यक्षतामा रामसेवक खरबिन्द चयन हुनु भएको छ । कार्यक्रमका प्रमुख अतिथि, पार्टीका राष्ट्रिय सचिव भोपेन्द्र यादवले नवप्रवेशीहरूलाई स्वागत गर्दै जनमत पार्टीलाई देश र जनताको हितमा काम गर्ने वैकल्पिक शक्ति भएको बताउनु भएको छ । उहाले किसानमुखी योजना, समृद्ध नेपाल निर्माण र सामाजिक न्यायका लागि पार्टीले अग्रणी भूमिका खेलिरहेको उल्लेख गर्दै संगठनलाई अझ मजबुत बनाउन कार्यकर्ता सक्रिय हुनुपर्नेमा जोड दिनु भयो ।

विजय यादवले संचालन गर्नु भएको कार्यक्रममा जनमतका कार्यकारिणी सदस्य रामकेश गुप्ता , निर्मला हरिजन, गुड्डु मौर्य, रामसुमेर ठाकुर, मनोज यादव, शिला मौर्य, गिता हरिजन, रामसंकर यादव, मुनीलाल केवट, रामकान्त मौर्य, अशोक यादव लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति: २०२५-०८-१७ , समय : १०:२५:४९ , ११ घन्टा अगाडि