रुपन्देही खबर , १२० पटक हेरिएको

भैरहवा,भदौ १६
राष्ट्रिय स्वतन्त्र पार्टीले रुपन्देही–३ को उपचुनावका लागि डा. लेखजंग थापालाई उम्मेदवार बनाउने निर्णय गरेको छ । रास्वपाले उम्मेदवारका लागि आवेदन दिएका नौ जनामध्येबाट प्रारम्भिक मतदानमार्फत थापालाई उम्मेदवार बनाउने निर्णय भएको हो ।
थापा यसअघि नागरिक उन्मुक्ति पार्टीको सदस्य हुनुहुन्थ्यो । २०७९ सालको चुनावमा लुम्बिनी प्रदेशका लागि खस आर्यतर्फ उहाँ समानुपातिक सूचीमा पर्नुभएको थियो । रूपन्देही–३ मा उपचुनाव हुने भएपछि उहाँ नागरिक उन्मुक्तिबाट राजीनामा दिएर रास्वपातिर लाग्नुभएको हो । रुपन्देही ३ मा आउँदो कात्तिक १७ गते उपचुनाव हुँदैछ ।
प्रकाशित मिति: २०२५-०९-०१ , समय : १२:४५:०५ , १५ घन्टा अगाडि