रुपन्देही खबर , १७४ पटक हेरिएको
तस्बिर : एजेन्सी
काठमाण्डौ,भदौ २७
एशिया कप टी–२० क्रिकेटमा आज पाकिस्तान र ओमान खेल्दैछन् । खेल दुवईमा नेपाली समयअनुसार राति सवा ८ बजे शुरु हुनेछ । गएराति भएको खेलमा बङ्गलादेशले हङकङलाई सात विकेटले हराएको छ ।
आठ वटा टोली सहभागी प्रतियोगिताको समूह ‘ए’ मा भारत, यूएई, पाकिस्तान र ओमान छन् । यस्तै समूह ‘बी’ मा अफगानिस्तान, हङकङ, बङ्गलादेश र श्रीलङ्का छन् । एशिया कपको फाइनल खेल आउँदो सेप्टेम्बर २८ अर्थात् असोज १२ मा हुनेछ ।
प्रकाशित मिति: २०२५-०९-१२ , समय : ०९:५८:२४ , २ महिना अगाडि